कालिमाटी गाउपालिका वडा नम्बर ४ का विभिन्न बिद्यालयमा कोभिड १९ विरुद्धको फाईजर खोप लगाइयो

दिलिप ढकाल
सुर्खेत, २ असोज ।
सल्यानको कालिमाटी गाउ पालिका वडा नम्बर ४ का विभिन्न बिद्यालयमा अध्यनरत ५ वर्ष देखि १२ बर्ष सम्मका बिद्यार्थी लाई कोभिड १९ बिरुद्दको फाईजर खोपको दोस्रो मात्रा लगाइएको छ। कालिमाटी गाउ पालिका वडा नम्बर ४ स्थित श्री ज्ञान ज्योति माबि सुकेतालमा कक्षा १ देखि कक्षा ८ सम्मका जम्मा ५६ जना बिद्यार्थी लाई फाईजर खोपको दोस्रो मात्रा लगाइएको हो।
जसमा कक्षा एकमा चार जना,कक्षा दुईमा दुई जना, कक्षा तिनमा पाच जना, कक्षा चारमा आठ जना, कक्षा पाचमा पाच जना,कक्षा छ मा सोह्र जना,कक्षा सातमा पन्ध्र जना र कक्षा आठमा १ जना गरि जम्मा ५६ जनाले फाईजर खोप लगाएको आधारभूत स्वास्थ्य केन्द्र पिप्लेका प्रमुख प्रेम बहादुर सुनारले जानकारी दिए ।
यी मध्ये पहिलो खोप लगाउने एक जना अन्य बिद्यालय बाट आएको गरि जम्मा ५७ जनाले फाईजर खोपको दोस्रो मात्रा लगाइएका थिए। जसमा बालिका ३६ जना र बालक २१ जना थिए। बिद्यालयमा कक्षा एक देखि कक्षा आठ सम्म १७८ विद्यार्थीको अध्यनरत रहेका छन्। शनिबार अर्थात अशोज १ गते ज्ञान ज्योति माबि सुकेतालमा खोप लगाउने क्रममा शनिबारको दिनमा पनि बिद्यालयमा आएर बिद्यालयमा प्रधानाध्यापक काशिराम वलीले बिशेष सहयोग गरेका थिए ।
यस्तै जना सेवा माबी असुरेनी धाम मा पनि फाईजर बिरुद्दको दोस्रो खोप लगाइएको छ। बिद्यालयका २५ जना बालिका र ५७ जना बालक गरि जम्मा ८२ जना बिद्यार्थी लाई खोप लगाइएको हो। त्यस्तै ४ जना बालक र ४ जना बालिका गरि जम्मा ८ जना विद्यार्थीले फाईजर खोपको पहिलो मात्रा लगाएका छन् । जना सेवा माबी असुरेनीमा जम्मा ९० जनाले कोभिड १९ बिरुद्दको फाईजर खोप लगाएका छन्।
वडा नम्बर ४ का अध्यक्ष बेल बहादुर चन्दले खोपको अनुगमन गर्नु भएको थियो भने ,आधारभूत स्वास्थ्य केन्द्र पिप्लेका प्रमुख प्रेम बहादुर सुनारले खोप सुपरिबेक्षक गर्नु भएको थियो भने , अ.हे.ब.रिता कंवर सहितको टीमले खोप लगाएको थियो। खोप लगाउने कार्यक्रममा सम्बन्धित स्कुलका शिक्षक शिक्षिका ले सहयोग गरेका थिए ।






