चिसोबाट जोगिन दाउराको जोहो

जुम्ला,२ पाैष ।

हातमा पञ्जा, अनुहारमा मास्क, खुट्टामा टालटुल गरेका जुत्ता, पिठ्युँको डोकोमा दाउरा बोकेका महिलाहरू जुम्ला सदरमुकाम र आसपासका क्षेत्रतिर लस्करै हिँड्ने गरेको दैनिकजसो देखिन्छ । हरेक जाडोयाम सुरु भएसँगै उनीहरूको दाउरा खोज्ने दैनिकी जस्तै बन्ने गरेको छ ।

जुम्लामा अत्यधिक चिसो बढेपछि पातारासीका स्थानीयहरू दाउरा जोहो गर्दै दिन बिताउने गरेका छन् । उनीहरू बिहानै दाउरा खोज्न जंगल जाने गर्छन् र दिउँसो मात्रै फर्कन्छन् । पातारासी १ की सीता रावत भन्छिन्, ‘दाउरा बालेर मात्र चिसोबाट बच्न सकिन्छ । यसका लागि बिहान बेलुकाको समयमा दाउराको जोहो गर्नमै जुट्ने गरेका छौं ।’ उतिकला

चिसोमा दाउरा बाल्नेहरू बढेपछि स्थानीयहरू दाउरा बेच्ने क्रम पनि सुरु भएको छ । कतिपयका लागि त नियमित घरखर्च चलाउन दाउर बिक्री उपयुक्त पेशा बनेको छ । विशेषगरी सदरमुकाम र आसपासका बासिन्दाहरू दाउरा बेच्ने गरेका छन् । सार्कीका अनुसार एक भारी दाउराको एक हजार रुपैयाँ पर्छ ।

यस क्षेत्रमा मंसिरदेखि फागुन महिनासम्मै अत्यधिक चिसो हुन्छ । जुम्लामा हिउँ पर्ने समय पनि नजिकै छ । पुस महिनादेखि फागुन र चैतको अन्तिमसम्म पनि हिउँ पर्छ । हिउँ परेपछि बाटो बन्द हुने भएकोले घरबाहिर निस्कन कठिन हुन्छ । त्यसैले पनि घरदेखि ३ देखि ४ घण्टाको पैदल यात्रा गरेर महिलाहरूले दाउरा संकलन गरी ल्याउने गरेको स्थानीय महिलाहरू बताउँछन् ।

जलतथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार जुम्लाको अधिकतम तापक्रम १७ दशमलब ९ डिग्री र न्युनतम माइनस ४ दशमलव ५ डिग्री रहेको छ । सदरमुकाम खलंगाकी जयन्ती कार्की दाउरा नबोके हिउँद कटाउनै मुस्किल पर्ने बताउँछिन् ।

पुस महिनादेखि फागुनको दोस्रो सातासम्म त गाइबस्तु,भेडाबाख्रा समेत जंगलमा चराउन लैजान नसकिने स्थानीयहरू बताउँछन् । यसबीचमा २ महिनाभन्दा लामो अवधि गाइबस्तु घरमै राखिन्छ । चरिचरन क्षेत्र पूरै हिउँले ढाकिएको हुनाले पनि गाइबस्तु बाहिर निकाल्न सकिँदैन ।

स्थानीयहरू भने घरमै आगो बालेर गेडागुडी पकाएर खाने प्रचलन छ । पछिल्लो समय भने जुम्लामा दाउरा खोजेर ल्याउने र बजारतिर बिक्री गर्ने पनि प्रचलन छ । तर वन समूह र गाउँका भद्रभलाद्मीको समन्वयमा मात्र दाउरा लिन जंगल पस्ने व्यवस्था छ।

वर्षायाममा कृषि र अन्य व्यवसायमा व्यस्त हुने र जाडोको मौसम फुर्सदिलो हुने भएकाले पनि जंगलमा सुकेका दाउरा खोज्न दिइनेगरेको पातारासी ३ की फागुनी बुढाले बताइन् । ‘जसको घरमा दाउरा हुँदैन उसको घरमा कहिल्यै तातो हुँदैन ।’ केही ठाउँमा त दाउरा बोक्न खच्चर र घोडाको समेत प्रयोग गर्ने गरिएको छ । सडक पुगेका बस्तीमा ट्याक्टरले पनि दाउरा ओसारिरहेका देखखिन्छन् ।

कान्तिपुर 

चिसोबाट जोगिन दाउराको जोहो

उच्च पहाडी भूभागमा हल्का वर्षा र हिमपातको

चिसोबाट जोगिन दाउराको जोहो

घाटा खाँदै, चिनियाँ जहाज बेच्दै निगम

Leave a comment

Your email address will not be published. Required fields are marked *