२०८३ आश्विन १७ गते
×

Now Playing

सुन्दर नेपाल संस्थाको २६ औं वार्षिक साधारणसभा

सुर्खेत, १ असोज ।
सुन्दर नेपाल संस्थाको २६ औं वार्षिक साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल नाराका साथ साधारण सभा सम्पन्न भएको हो ।

सभामा संस्थाले हाल भकारी कार्यक्रम, सोलार वहुउद्देश्यीय पानी प्रणाली तेश्रो परियोजना स्वास्थ्य र विकासको लागि नगर सरसफाई परियोजना, पशु बस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना, नेपालमा डिजिटल प्रविधि पहँुचमा लैङ्गीक अन्तर न्युनिकरण परियोजना, जलवायु परिवर्तन परियोजना सञ्चालन गरिरहेको जानकारी गराइएको थियो ।

त्यसैगरी ऊर्जा तथा वातावरण कार्यक्रम, नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना, स्वास्थ्यको लागि उर्जा कार्यक्रम, मध्यवर्ति क्षेत्रमा जिविकोपार्जनका लागि नविकरणिय उर्जाको पहुच परियोजना, नवीकरणीय उर्जाको माध्यमबाट कृषिमा सुधार, भेरी पूर्व सूचना प्रणाली सहयोग कार्यक्रम, कृषि तथा पशु उद्यमशिलता विकास परीयोजना, सिम्ता, अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार परियोजना लगायतका परियोजनाहरु मार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका ६ वटा जिल्लाका करिब ५८४२६ लाई लाभान्वित गरेका संस्थाका सचिब हिरामणि पौड्यालको प्रतिवेदन पेश गरेका थिए ।

संस्थाले गत आर्थिक वर्षमा ८ करोड ५५ लाख ३१ हजार ६ सय २३ रुपैयाँ बराबरको खर्च गरेको थियो भने आगामी वर्षका लागि दश करोड अठ्ठाइस लाख छयानब्बे हजार दुईसय त्रीयानब्बे रुपैयाँ प्रस्तावित आय व्यय पेश गरिएको थियो । संस्थाले गत आ.व. २०७८/०७९ मा उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरु कार्यक्रम अधिकृत मनकुमारी सापकोटा र सहकारी क्षमता अभिवृद्धि सहजकर्ता काशीराम शर्मालाई प्रशंसापत्र र दोसल्लाबाट पुरस्कृत गरिएको थियो ।

जिल्ला समन्वय समति सुर्खेतका प्रमुख गंगाराम सुनारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको थियो । संस्थाका आजिवन सदस्य शिवराज जैसीले सोक्रेटस् सोसियल रिर्सच युनिभर्सिटीबाट मानार्थ डक्टरेड उपाधि हाँसिल गरेकोमा दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा सिम्ता गाउँपालिका सुर्खेतका उपाध्यक्ष गोमा रेग्मी शर्मा, गैैसस महासंघ कर्णाली प्रदेशका इन्चार्ज घनश्याम के.सी., उद्योग वाणिज्य संघका महासचिब भद्र भण्डारी, रेडक्रस सोसायटी सुर्खेतका मन्त्री प्रदिप्त पौडेल, एस.एन. भी. नेपालका प्रतिनिधि पार्वती दंगाल लगायतले धारणा राखेका थिए । सो कार्यक्रमको सञ्चालन संंस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले गरेका थिए ।

सुन्दर नेपाल संस्थाको २६ औं वार्षिक साधारणसभा

उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

सुन्दर नेपाल संस्थाको २६ औं वार्षिक साधारणसभा

YUGAAWHAN NATIONAL DAILY (2079-05-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *