समता फाउण्डेशनले सार्बजनिक गर्यो “डिग्निटि एप”नामको एप्लिकेसन

दिलिप ढकाल

सुर्खेत, २९ मंसिर ।

समता फाउण्डेशनले दलित समुदाय माथी भैरहेको जातिय भेदभाव तथा छुवाछुतका विविध घटनाहरुलाई अभिलेखीकरण गर्न तथा सहज र सरल व्यवस्थापन गर्नको लागि “डिग्निटि एप”नामको एप्लिकेसन सार्बजनिक गरेको छ। जुन घटना ब्यवस्थापनको डिजिटल प्लेटफर्म हो ।

यस प्रणालीले जातिय भेदभाव तथा छुवाछुतका घटनालाई सुसुचित गर्दै गर्नेछ। “डिग्निटि एप” नविन प्रणाली बाट कर्णाली का बिकट बस्तिहरुमा पुगेर पिडितहरुको न्याय र आशाको दियो बन्नेछ भन्ने विश्वास लीइएको छ।

कर्णालीका सम्पुर्ण दलित समुदायको अधिकारको सुनिश्चितताका लागी बनेको “डिग्निटि एप” आज एक कार्यक्रमका बिच कर्णाली प्रदेश प्रमुख माननीय तिलक परियार ज्यु उद्घाटन गरे । जुन एप डिसेम्बर २५ सम्म प्ल्या स्टोर वा एप स्टोर बाट डाउनलोड गर्न सकिने छ।

उक्त एप्लिकेसन चलाउन सिकाउनको लागि पुस २७ देखि २९ गतेसम्म कर्णाली प्रदेशका ९ जिल्लाबाट १÷१ जना र सुर्खेत जिल्लाबाट ३ जना गरि जम्मा १२ जना दलित मानव अधिकार रक्षकहरुलाई समता फाउन्डेसन ले तालिम दिएकोदलित मानव अधिकार रक्षक नवीन परियार ले जानकारी दिए ।

समता फाउण्डेशनले सार्बजनिक गर्यो “डिग्निटि एप”नामको एप्लिकेसन

वीरेन्द्रनगरका मुख्य सडक विस्तारको काम सुरु: दिन–रात

Leave a comment

Your email address will not be published. Required fields are marked *