सरकारले गैरिटाड–कमद बजार–तुर्माखांद–जंगलेघाट–बाबियाचौर–चिसापानी १०२ किलोमिटर सडकको स्तरोन्नति गर्दै

काठमाडौं,३० असोज ।

सरकारले गैरिटाड–कमद बजार–तुर्माखांद–जंगलेघाट–बबियाचौर–चिसापानी १०२ किलोमिटर सडकको स्तरोन्नति गर्ने भएको छ । झन्डै सवा ५ अर्बको लागतमा सडक स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांक रिपोर्ट सार्वजनिक गरिएको छ ।

यो सडक खण्ड सुदूरपश्चिम प्रदेशको अछाम र कैलाली जिल्लामा पर्ने छ। सडक विभागको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन पेस गरिएको हो। रिपोर्टमा सडक स्तरोन्नतिमा लागि कर सहित ५ अर्ब २३ करोड रुपैयाँ लागने अनुमान गरिएको छ ।

सडक सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ र लम्किचुहा नगरपालिका वडा नम्बर ३ र अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १, २, ५, ६,८,९,१०, ढकारी गाउँपालिका वडा नम्बर ८ र तुर्माखांद गाउँपालिका वडा नम्बर ४,५,७ तथा कर्णाली प्रदेश अन्तर्गत पन्चपुरी नगरपालिका वडा नम्बर ५,६,७,८,१०,११ अन्तर्गतका पर्दछ।

प्रस्तावित सडकको कुल लम्बाई १०२ किलोमिटर र विद्यमान चौडाई ५.८ मिटर रहेको छ। सडक क्षेत्रको क्षेत्राधिकार सडककोबीच रेखाबाट दायाँ बायाँ दुवै तिर १५÷१५ मिटर रहने गरी ३० मिटर र फर्मेसन चौडाई ९.५ मिटर रहने रिपोर्टमा उल्लेख छ।

यस सडक खण्ड समुद्री सतहबाट २१० मिटर देखि २१२० मिटर को उचाईसम्म रहेको छ। कुल १०२ किमी लम्बाइ रहेको यस सडक खण्डलाई हालको ग्रावेल माटे सडकबाट स्तरोन्नति गरी दोहोरो बिटुमिनस सतह बनाउन प्रस्ताव रिपोर्टमा गरिएको छ । सडक स्तरोन्नतिमा क्रममा ३ हजार ९ सय ७८ वटा रख कटानी हुने छ। रिपोर्टमा सडक स्तरोन्नतिका कामका लागि १ हजार १ सय ७० जना अदक्ष र १ सय ८२ जना दक्ष जनशक्ति आ वश्यक पर्ने उल्लेख छ ।

सरकारले गैरिटाड–कमद बजार–तुर्माखांद–जंगलेघाट–बाबियाचौर–चिसापानी १०२ किलोमिटर सडकको स्तरोन्नति गर्दै

गौरिकाले जितिन् दुई स्वर्ण

सरकारले गैरिटाड–कमद बजार–तुर्माखांद–जंगलेघाट–बाबियाचौर–चिसापानी १०२ किलोमिटर सडकको स्तरोन्नति गर्दै

एमाले कर्णालीको प्रचार भेला आजदेखि सुर्खेतमा

Leave a comment

Your email address will not be published. Required fields are marked *