गौरिकाले जितिन् दुई स्वर्ण

काठमाडौं,३० असोज ।

नेपालकी स्टार पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा स्वर्णको खाता खोलेकी छिन् । शनिबार बिरामी भएपछि आफूले भाग लिएका इभेन्टबाट नाम फिर्ता लिएकी आर्मी क्लबकी गौरिकाले आइतबार महिला सय मिटर ब्याकस्ट्रोकमा पहिलो स्वर्ण जितिन् । उनले निर्धारित दुरी १ मिनेट ०५.५० सेकेन्डमा पार गरिन् ।

जारी प्रतियोगितामा चार स्वर्ण जितिसकेकी एनआरएनएकी एस्ले सापकोटा डंगोलले रजत हात पारिन्। आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी गौरिकाले नवौंमा पहिलो स्वर्ण जितेपछि फिस्टेल एकेडेमीमा उपस्थित बुबा पारस सिंह र आमा गरिमा राणा निकै खुसी देखिएका थिए ।

अमेरिकाबाट सिधैं नेपाल आएकी गौरिकाको पेटमा समस्या देखिएको थियो। आइतबार विहानसम्म पनि पूर्ण फिट नभएकी गौरिकाले लामो दूरीको स्पर्धाबाट भने नाम फिर्ता लिन परेको थियो।

विहानसम्म पनि पूर्ण फिट नभएपछि आमा–बुबा दुवै चिन्तित देखिएका थिए। तर सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले प्रतिस्पर्धीलाई उछिनेर स्वर्ण जितेपछि आमा गरिमाले चैनको स्वास फर्दै भन्दै थिइन– ’थ्याङ गड’।

गौरिकालाई टक्कर दिएकी एस्लेले १ मिनेट ८.७९ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। आर्मीकी अनुसिया तन्डुकारले १ मिनेट १३.८० सेकेन्डका साथ रजत हात पारिन् । गौरिकाले दोस्रो स्वर्ण महिला चार मिटर फिस्टायल रिलेबाट जितिन्।

आर्मीको टिममा गौरिकासँगै डुवाना लामा, उपत्सी महर्जन र अनुसिया तन्डुकारले पौडिएका थिए । उनीहरुले ४ मिनेट १९.४५ सेकेन्डमा निर्धारित दूरी पौडिए ।

बागमती प्रदेशका रोशा न्यौपाने, श्रेनु महर्जन, जरिया महर्जन र टिसा महर्जनले ४ मिनेट २६.५९ सेकन्डका साथ रजत र नेपाल पुलिस क्लबका अदिप्सा बैद्य, आर्या महर्जन, समीरा थापामगर र मेघन गुरुङले ४ मिनेट २८.०३ सेकेन्डका साथ कास्य जिते ।

सेतोपाटी

गौरिकाले जितिन् दुई स्वर्ण

देशभर थपिए ३२ कोरोना संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *