देशभर थपिए ३२ कोरोना संक्रमित

काठमाडौ,३० असोज ।
पछिल्लो २४ घन्टामा देशभर ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३२ जनामा संक्रमण पुष्टि भएको हो।
१ हजार १६२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । ६३४ जनाको पिसिआर र ५२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ६८८ जना सक्रिय संक्रमित छन्।

७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
सेतोपाटी






