एमाले कर्णालीको प्रचार भेला आजदेखि सुर्खेतमा

सुर्खेत,३० असोज ।

मंसिर ४ गते हुने प्रतिनिसिभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रीत गरे नेकपा (एमाले)को प्रचार भेला आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजदेखि शुरु हुँदैछ ।

नेकपा (एमाले) कर्णाली प्रदेशको प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटिद्धारा आयोजना हुने भेलामा विभागका सदस्य तथा चौतारीका जिल्ला अध्यक्ष, प्रदेश कमिटि सदस्य र कर्णालीबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरुको सहभागिता रहने प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटिका महासचिव प्रेमराज सिंखडाले जानकारी दिए ।

‘मंसिर ४ गते हुने निर्वाचन केन्द्रीत प्रचारका कामलाई व्यवस्थित र आक्रमक रुपमा सञ्चालन गर्नका लागि हामीले प्रचार तथा प्रकाशन विभागसँगको समन्वयमा भेलाको आयोजना गरेका छौं’ महासचिव सिंखडाले भने, ‘भेलामा पार्टीका नेता, विभागका सदस्य र प्रेस चौतारीका जिल्ला र प्रदेशका नेताहरुको सहभागिता रहने छ ।’

एमाले कर्णाली प्रदेश पार्टी कार्यालयमा शनिबार बिहान ११ बजे शुरु हुने भेलामा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख सुर्यमणी गौतमले जानकारी दिए । कार्यक्रममा विभागले शुरु गरेको पार्टीको अनलाइनको शुरु गर्ने देखि निर्वाचन केन्द्रीत रणनीति तय गरिने छ ।

भेलाका लागि एमालेको भातृ संगठन प्रेस चौतारी कर्णालीका नेताहरु कर्णाली प्रदेश सुर्खेतमा केन्द्रीत भएका छन् ।

एमाले कर्णालीको प्रचार भेला आजदेखि सुर्खेतमा

सहयोगीमार्फत मतदान दृष्टिविहीनको असन्तुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *