बत्तीको तार, पोल छ तर बल्दैन किन ?

केवि थापा
हुम्ला, २ चैत्र ।
बिस्तारै बत्ती छ तर बल्दैन भन्ने उखान हुम्लाको अदानचुली गाउँपालिकामा लागु भएको छ । भौगोलिक हिसाबले सानो जिल्लाकै अति मिलेको मानिने उक्त गाउँपालिकामा २ वटा बिद्युत घर भए पनि यति बेला कुनै पनि बिद्य्त सञ्चालनमा नभए पछि त्यहाँका नागरीकहरु स्थानीय (झरो) बाल्न बाध्य भएका छन् ।

बिगत लामो समय देखी सञ्चालनमा आएको कुकुरफल्ना जलबिद्युत् आयोजना गएको असोज कार्तिकमा आएको भेलले नहर भत्काए देखी बन्द भएको उक्त बिद्युत सञ्चालनमा ल्याउन नसकेको त्यहाँका स्थानीय नागरीकहरुले बताए ।


नेकपा (एकिकृत समाजबादी) का केन्द्रीय सदस्य समेत रहेका उक्त बिद्युत सञ्चालक समितिका अध्यक्षले निकै मेहनतका साथ बनाइएको भनिएको उक्त बिद्युत लामो समयसम्म सञ्चालनमा नआउँदा त्यहाँ नागरिकहरु आशंकित मात्र भएका छैनन् केन्द्रीय नेता नै अध्यक्ष भएकाले यति लामो समयसम्म बन्द नहुँनु पर्ने बताएका छन् ।

यता संघ र प्रदेशमा उहाँहरुकै सरकार भएको समयमा त यसरी बन्द हुन्नछ भने भोली अन्य पाटीको सरकार भएको समयमा के हाल होला भन्दै प्रस्न समेत गरेका छन् ।

हुम्ला हुम्लाको दक्षिण भेगमा रहेको उक्त बिद्य्त अदानचुली गाउँपालिकाको तीन वडाका करिब तीन हजार नागरिकहरु गएको साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा आठ महिनादेखि विद्युत सेवा बन्द भएको जनाइएको छ ।

गएको साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गर्न नसक्दा अदानचुली गाउँपालिका वडा नम्बर ४,५ र ६ का करिब ४ हजार भन्दा धेरै नागरीकहरु निकै महगोमा सोलार खरी गरी गरी रात बिताउँन बाध्य भएका छन् । भने केही गरीब नागरीहरु स्थानीय सल्लाको दियालो(झरो)बाल्ल बाध्य भएका छन् ।

नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन । विद्युतको नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम आबश्यक पर्ने बिद्युत ब्यबस्थापन समितिले जनाएको छ ।

यता सोही गाउँपालिकाको वडा नम्बर १,२ र ३ लाई केन्द्रीत गरी निर्माणधिन अवस्थामा रहेको मछारी जलबिद्युत आयोजना निकै लामो समय हुँदा सम्म पनि बल्न नसक्दा त्यहाँका नागरीकहरु गुनासो गरी रहेका छन् ।

स्थानीय निवार्चन भएको पहिलो वर्षमै उक्त गाउँपालिकाका अध्यक्ष दल फडेराले आउदो साउनसम्म बत्ती बाल्ने प्रतिबद्धता जाहेर गरे पनि हाल सम्म बत्ती बल्न सकेको छैन । अबको एक महिना अर्थात ढिलोमा बैशाख सम्म सञ्चालनमा ल्याउने उक्त बिद्युत निर्माण समितिले जनाएका छन् ।

बत्तीको तार, पोल छ तर बल्दैन किन ?

एक सय ३१ जनाले आँखाको ज्योति पाए

बत्तीको तार, पोल छ तर बल्दैन किन ?

छिन्चुमा नेतृत्व तथा संस्थागत विकास तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *