छिन्चुमा नेतृत्व तथा संस्थागत विकास तालिम

दिलिप ढकाल
गुर्भाकोट, २ चैत्र ।
सुर्खेतको पूर्वि क्षेत्र छिन्चुमा नेतृत्व तथा संस्थागत बिकास तालिम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका महिला तथा बालबालिका शाखा छिन्चु सुर्खेतको आर्थिक सहयोगमा फागुन २७ गते देखि सञ्चालन भएको ५ दिने तालिम सम्पन्न भएको हो ।

भेरीगंगा नगरपालिका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पाँच दिने तालिममा नगर प्रमुख चन्दले बोल्दै सञ्चालित पाँच दिने तालिमबाट सिकेका ज्ञान, सिपलाई आफ्नो जीवनमा सहि सदुपयोग गरी अघि बढ्न सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना दिनुभएको छ ।

मेयरका स्वकीय सचिव खगेन्द्र बहादुर नगाल, उद्योग विकास शाखाका अधिकृत पिताम्बर पौडेल, भेरीगंगा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिप्रसाद कँडेल, महिला तथा बालबालिका शाखा प्रमुख सविता राणा, अधिवक्ता मोतिराम शर्मा, सूचना अधिकारी अनिल चपाई, योजना शाखा प्रमुख कमल सिंह नेपाली, घरेलु उद्योग शाखाका प्रमुख चित्रा डाँगी लगायतको उपस्थिति रहेको थियो ।

छिन्चुमा नेतृत्व तथा संस्थागत विकास तालिम

बत्तीको तार, पोल छ तर बल्दैन किन

छिन्चुमा नेतृत्व तथा संस्थागत विकास तालिम

माओवादी केन्द्रको नगर स्तरिय वाइसीएल गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *