माओवादी केन्द्रको नगर स्तरिय वाइसीएल गठन

दुर्गा विसी
सल्लीबजार, २ चैत्र ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नगर स्तरिय योङ कम्युनिस्ट लिग (वाइसीएल) गठन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकाको विस्तारित बैठकबाट अध्यक्षमा लक्ष्मण विसी, उपाध्यक्ष ईन्द्र प्रकाश वली, दिपक पुन, दिल बहादुर बुढा, सचिव गोविन्द सुनार, कोषाध्यक्ष सुजन सुनार, स–सचिव यादव परियार लगायत ५५ सदस्यीय युवा दस्ता गठन गरिएको छ ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कर्णवहादुर वुढाथोकी, नगर कमिटी अध्यक्ष कृतिवहादुर राना, दिपक यरि, कुलवहादुर पुरी, मञ्जु यरि, धनवहादुर पुन, दुर्गा वुढाथोकि, शंकर यरि, जीवन सिंह ठकुरी लगायतका माओवादी नेताहरुले नव गठित युवा भातृ संगठनको कमिटीलाई शुभकामना मन्तव्य दिएका थिए । बनगाड कुपिण्डे नगरपालिकामा नेकपा माओवादी केन्द्रले समेत युवा दस्तालाई क्रियाशिल बनाएको छ ।







