एक सय ३१ जनाले आँखाको ज्योति पाए

दुर्गा विसी
सिम्ता, १ चैत्र ।
मोतिया विन्दु शल्यक्रिया शिविर सिम्तामा सञ्चालन गरिएको छ । शिविरबाट एक सय ३१ जेष्ठ नागरिकको आँखाको ज्योति पुनःफर्किएको छ । सिम्ताको वडा टोल वस्तीबाट छनांैट गरिएका जेष्ठ नागरिकको यहि २८ गते देखि ३० सम्म भएको निःशुल्क शल्यक्रियाबाट एक सय ३१ जनाले पुनः संसार देख्न पाएका छन् ।
करिव जेष्ठ नागरिकदेखि अन्य १५ सय बढीले आँखा चेकजाँच गराएका थिए । फाल्गुन २२ गतेदेखि विभिन्न वडा टोल वस्ती हँुदै छनौंट भएका मोतिया विन्दु भएका जेष्ठ नागरिकको वागेश्वरी माविमा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियोे ।
जसमा १ सय ३१ को गुमेको ज्योति पुनः फर्किएपछि जेष्ठ नागरिकहरुले सिम्ता गाउँपालिकाको जय, जयकार गरेका छन् । सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ६ का ७८ वर्षिया अमृत वहादुर अधिकारीले पुनः आँखाको ज्योति पाएपछि २२ जवानीमा जस्तै झलझलमल सबै देख्न पाएकोमा खुशी व्यक्त गर्दै शिविर सञ्चालन गर्ने निकायलाई धन्यवाद व्यक्त गरे ।
सुर्खेत सिम्ता गाउँपालिका मात्रै नभएर छिमेकी जिल्ला जाजरकोटको शिवालय, छेडागाड र सल्यान बनगाड कुपिण्डे नगरपालिकाका जेष्ठ नागरिकहरुले समेत सुविधा लिएका छन् ।
करिव २१ जना बनगाड कुपिण्डे नगरपालिकाका जेष्ठ नागरिकले सिम्तामा पुगेर सो सुविधा लिएका छन् । जनतासँग सिम्ता गाउँपालिका भन्ने मुलमन्त्रको योजना निकै सफल भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको भनाई रहेको छ ।
वर्षेनी जेष्ठ नागरिक, महिला, बालबालिका र अशक्त नागरिकका लागि सिम्ता सरकारले वडा÷वडामा विभिन्न खाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
स्थानीय सरकार भए पश्चात् बर्षेनि जेष्ठ नागरिकहरुको लागि गाउँपालिकामै शिविर आयोजना गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राबिधिक सहयोग, नेपाल नेत्रज्योति संघ सुर्खेतको आर्थिक सहयोग र सिम्ता गाउँपालिकाको आयोजनामा निःशुल्क ३ दिने आँखा शिविर सञ्चालन गरिएको थियोे । जसबाट सुर्खेत, सल्यान र जाजरकोटका जेष्ठ नागरिकसमेत लाभान्वित भएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनको भनाई रहेको छ ।






