समूहका अध्यक्षहरुको गोष्ठी तथा अन्तरक्रिया

दिलिप ढकाल
गुर्भाकोट, १ चैत्र ।
सुर्खेतको पूर्वि क्षेत्रको गुर्भाकोट नगरपालिमा समूह अध्यक्षहरुका लागि गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा सो कार्यक्रम भएको हो ।

२०७१ साल असार १८ गते स्थापना भएको यस संस्थाले पूर्वि सुर्खेतको मेहेलकुनामा २०७५ भाद्र २९ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । हाल साबिकको महिला सहयात्राको बोटेचौर शाखाबाट ४४ र मेहेलकना शाखाबाट ६६ वटा समुह विस्तार गरी पूर्वि सुर्खेतका लेकवेशी, भेरीगंगा र गुर्भाकोटमा ११० वटा समूह विस्तार गरेको छ ।

तीनवटै स्थानीय तहमा समुह विस्तार गरी समुह–समुह बिचको विश्लेषण, प्रगतिको विषयमा छलफल गर्न समुह बिच परिचित गराउन पहिलो पटक अन्तरक्रिया कार्यक्रम गरिएको मेहेलकुना शाखा प्रबन्धक गिरिजा प्रसाद घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार यस संस्थाले ६६ वटा जिल्लामा समूह विस्तार गरी कृषि र पशुपालनसम्वन्धि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँका अनुसार लघुवित्त संस्थाद्वारा सञ्चालित समुहमा आबद्घ रहेका लेकवेशी, भेरीगंगा र गुर्भाकोटका विभिन्न समुहका सदस्यहरुलाई अबको एक महिना भित्र व्यवसायिक तरकारी खेती तालिम लिन चाहनेहरुलाई तालिम सञ्चालन गरी कृषिमा जोड दिने विश्वास व्यक्त गर्नुभयो ।

यस संस्थाद्घारा सञ्चालित समूहमा आबद्ध भई सबैभन्दा बढी बचत गर्नुहुने बाँसघारी महिला समुहकी भिम कुमारी बुढामगर र दहचौर शुभघाट महिला समूहकी धनमाया थापालाई उचित पुरस्कार र दोसल्ला ओढायर सम्मान गरिएको थियो ।

त्यस्तै सञ्चालित समूह मध्ये समूहरुको छनौटको क्रममा चुनिआम्रे महिला समूह, चिसापानी महिला समूह, मध्यगैले महिला समूह र काफल्नेटी महिला समुहलाई छनौंट गरी क्रमश प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समुह नं. ४३ फांटबेतेनी समुहका अध्यक्ष चित्रा थापाको सभापति तथा गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकको प्रमुख अतिथीमा सम्पन्न भएको थियो ।

सम्पन्न भएको पहिलो समूह अध्यक्ष गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमा विशेष अतिथिको रुपमा केन्द्रिय कार्यालय धादिङका अनुगमन अधिकृत विष्णु कुमार विश्वकर्मा, गुर्भाकोट वडा नं. ८ का वडा अध्यक्ष चित्र बहादुर रेग्मी, प्रहरी चौकी मेहेलकुनाका प्रहरी नायव निरिक्षक कृष्ण बहादुर खड्का, प्रहरी हवल्दार गोपाल गुरुङ र विभिन्न समूहका ७६ जना अध्यक्षहरुको सहभागी रहेको थियो ।

समूहका अध्यक्षहरुको गोष्ठी तथा अन्तरक्रिया

छेडागाड १० मा सरसफाई घोषणा

समूहका अध्यक्षहरुको गोष्ठी तथा अन्तरक्रिया

एक सय ३१ जनाले आँखाको ज्योति पाए

Leave a comment

Your email address will not be published. Required fields are marked *