छेडागाड १० मा सरसफाई घोषणा

दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), १ चैत्र ।
छेडागाड नगरपालिका वडा नं. १० लाई पूर्ण सरसफाई घोषणा गरिएको छ । एकीकृत जलस्रोत व्यवस्थापन कार्यालय हेल्भटास, पहाडी विकास अभियान जाजरकोटको समन्वय तथा वडा कार्यपालिकाको अगुवाईमा पूर्ण सरसफाई घोषणा गरिएको हो ।

छेडागाड नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम बहादुर पुनले सामुदायलाई सरसफाई उक्त घोषणा गर्न पाउनु सुखद् भएको बताउनुभयो ।

 छेडागाड नगरपालिका उप–प्रमुख तथा सरिता वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । हेल्भटासका निलकण्ठ पाण्डे र छेडागाड नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्ग बहादुर रोकाय लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

छेडागाड १० मा सरसफाई घोषणा

समूहका अध्यक्षहरुको गोष्ठी तथा अन्तरक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *