पश्चिम सल्यानमा एकीकृत समाजवादीको निर्वाचन केन्द्रित प्रशिक्षण

दुर्गा विसी
सल्लीबजार, ४ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीले) नगर स्तरीय प्रशिक्षण तथा राष्ट्रिय सभा सदस्य उदय वोहरालाई सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम नगर स्तरीय अगुवा कार्यकर्तालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप–महासचिव प्रकाश ज्वाला, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष अम्बरवहादुर थापा, केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज एवं राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहरा, केन्द्रीय सदस्य भद्रसिंह वुढाले प्रशिक्षणात्मक सम्बोधन गरेका थिए ।

साथै केन्द्रीय प्रतिनिधि परिषद् सदस्य हरि केसी, प्रदेश कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी उपाध्यक्ष कमरेड राम खड्गी, प्रदेश कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, प्रदेश कमिटी सदस्य तथा पालिका कमिटी इन्चार्ज गणेश बिसी लगायतले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी प्रदेश कमिटी सदस्यहरु ज्ञानेश्वर केसी तथा जीवन बिसी, युवा संघ केन्द्रीय सचिवालय सदस्य ओमकार ओली, अनेरास्ववियु स्थायी कमिटी सदस्य तिलक नेपाली, युवा संघ कर्णाली प्रदेश उपाध्यक्ष रेशम भण्डारी, प्रगतिशिल शिक्षक संगठन प्रदेश उपाध्यक्ष शिखर यरी लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रममा हल खचाखच भएको रहेको थियो भने एकीकृत समाजवादीले सल्लीबजारमा आम कार्यकर्ताहरुको जम्भो भेला आयोजना गरेको छ । २०७९ सालमा हुने सबै स्थानीय तहका चुनावमा पार्टीले जित्ने कुरामा मात्रै ध्यान दिन आग्रह गरिएको छ ।

पार्टी पुनर्जीवनको यो भिडमा सबै तह र तप्काको आवश्यकता रहेको जनाइएको छ । पार्टी नगर कमिटी अध्यक्ष रविराज शर्माको अध्यक्षतामा आयोजित प्रशिक्षणात्मक भेलामा जिल्ला कमिटी सदस्य पठ बहादुर पुनको स्वागत मन्तव्यसँगै नगर कमिटी सचिव गोविन्द डाङ्गीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

पश्चिम सल्यानमा एकीकृत समाजवादीको निर्वाचन केन्द्रित प्रशिक्षण

एमाले सांसद बानियाँलाइ बलात्कार मुद्धामा पक्राउ पुर्जी

पश्चिम सल्यानमा एकीकृत समाजवादीको निर्वाचन केन्द्रित प्रशिक्षण

नेपालमा फेरि पेट्रोलियम पदार्थको के कति मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *