बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

हुम्ला,२९ मंसिर ।

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुुर शाहीलाई हस्तान्तरण गरिएको हो ।

सडक निर्माणका लागि एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागतमा निर्माण भएको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको गरिएको हो ।

यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ । कुल निर्माण भएको सडकमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकमा चार वटा पक्की पुल निर्माण गरिएका छन् ।

सन् २०१८ को अक्टोबर महिनाबाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सय स्थानीय श्रमिकलाई रोजगारी दिइएको र निर्माणकार्यमा जुटेका  कुल श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी भएको जानकारी गरिएको थियो ।

उक्त सडक निर्माणकार्यका लागि खटिएका महिला कामदारलाई पनि पुरुषसरह ज्याला दिएर काममा लगाइएको थियो । सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका थिए ।

पूर्वाधार विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुुख पन्नासिंह बोहराले गमगढी देउली लिङ्क सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्य भएको बताए  । कर्णालीका मुख्यमन्त्री शाही र बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा सो सडक ग्रामीण पहुँच कार्यक्रमले (र्याप थ्री) निर्माणकार्य सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।

सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गर्दै हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडेको बताए  ।

मुख्यमन्त्री शाहीले विकासको पहिलो आधार नै सडक भएको र सडक भएपछि अरु आवश्यकता पनि पूरा हुँदै जाने धारणा औंल्याए  । सडकको अपनत्व लिनका लागि उहाँ मुगु पुगेका थिए ।

कार्यक्रममा बेलायती राजदूत पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रुपमा सडक सञ्जालसँग जोडेको बताउनुुभयो । उहाँले बेलायत सरकारको मुख्य कार्यक्रम ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत चार दशमलव पाँच मिटर चौडा लिंक सडकको निर्माणले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गर्न सहयोग पुगेको बताए  ।

राजदूत पोलिटले बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक भएको बताए  । उनले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधा लगायतमा महत्त्वपूर्ण क्षेत्रमा परिवर्तन आएको जानकारी दिए ।

गाेरखापत्र 

बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

धुलियाबिट – भेडाबारी सडक : डेढ वर्षमा

बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

मुगुमा अस्पतालमा उपचार पाउन मुस्किल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!