मौसम पूर्वानुमान  :  पहाडी  क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

काठमाडौं,२८ मंसिर  ।

 हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

राताेपाटी 

मौसम पूर्वानुमान  :  पहाडी  क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

कर्णालीका वादी समुदायले पाएनन् जमिन

मौसम पूर्वानुमान  :  पहाडी  क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

YUGAAWHAN NATIONAL DAILY (2079-08-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!