नेकपा एमालेका नेता हरि काफ्लेमाथि गोरखाको च्याङ्लीमा आक्रमण

गोरखा,२८ कात्तिक ।

नेकपा एमालेका नेता हरि काफ्लेमाथि गोरखाको च्याङ्लीमा आक्रमण भएको छ ।पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको म्याङ्गो होटलमा आइतबार बेलुकी खाना खाने क्रममा विवाद हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

‘खाना खाने क्रममा दुई समूहबीच झगडा भएको रहेछ। एक जना घाइते हुनुहुन्छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले भने, ‘घटना राजनीतिक होइन। दुई समूहबीच विवादपछि होटलमा रहेका टेबुलका सिसा फुटाउने र वियरका बोत्तल प्रहार भएको हो।’

काफ्लेमाथि आक्रमण गर्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू तनहुँको भएको र उनीहरू पनि एमालेकै कार्यकर्ता भएको बुझिएको उनले बताए। काफ्लेको टाउकोमा चोट लागेको छ। उनलाई डुम्रेस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ । प्रहरीले राम सापकोटा र अजित क्षेत्रीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

सापकोटा युवा संघ भानु नगरका अध्यक्ष र क्षेत्री युवा संघ नेता भएको प्रहरी स्रोतको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका काफ्ले एमालेबाट गोरखा २ प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार रहेका अब्दुस मियाँको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका थिए।

सेतोपाटि

नेकपा एमालेका नेता हरि काफ्लेमाथि गोरखाको च्याङ्लीमा आक्रमण

स्थानीयको योजना प्रदेशबाटै तय गरिँदा कार्यान्वयनमा समस्या

नेकपा एमालेका नेता हरि काफ्लेमाथि गोरखाको च्याङ्लीमा आक्रमण

नयाँ सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *