बोर्ताका बाढी पहिरो पीडितलाई राहत सामाग्री वितरण

बाजुरा, २८ असोज ।
हिमाली गाउँपालिका वडा नं ४ बोर्ताका बाढिपहिरोबाट विस्थापित ११३ घरपरिवारलाई राहत वितरण गरेको छ । गत असोज १९ देखि २३ गते सम्म बाजुरामा लगातार परेको अविरल बर्सातका कारण हिमाली गाउँपालिका वडा नं –४ बोर्ताका ११३ घरपरिवार बाढीपहिरोबाट विस्थापित भएका थिए ।
विस्थापित भएका परिवारलाई तत्काल केही सहज हुने गरी राहत वितरण गरेको हिमाली गाउँपालिकाले जनाएको छ । हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले, विस्थापित भएका ११३ घरपरिवारलाई समस्या भएकोले ती परिवारकालाई केही दिन त्रिपालमुनि बास बस्न खान लगाउन सहज हुने गरी सो राहत वितरण गरेको बताए ।

उनले, भने अहिले प्रत्येक परिवारलाई ५० किलो चामल, एक त्रिपाल भाँडा, नुनु, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरेको हो । जोखिममा परेका घरपरिवारका लागि गाउँ बस्न नसकिने भएपछि उनीहरू सबै परिवार विस्थापित भएका हुन् । विस्थापित भएका सबै परिवार अहिले हिमाली गाउँपालिका –४ को बोर्ताको मन्दिर र डाँडामाथि सुरक्षित स्थानमा त्रिपाल मुनि दिनरात काट्न बाध्य भएका छन् ।
स्थानीय पीडितहरूले दीर्घकालीन समाधान खोजिरहेका छन् । सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिन्छ यसको लागि गाउँपालिकाको एकल श्रोतले धान्न नसक्ने हुँदा सङ्घीय,प्रदेश सरकारको सहयोग आवश्यक भएकोले त्यसका लागि अहिले सङ्घीय तथा प्रदेश सरकारसँग सहयोग मागिरहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
गोरखापत्र






