जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

भेरीगंगा, २९ साउन ।
घाँस काट्न जंगल हिडेका दुई जना मृत फेला परेका छन् । भेरीगंगा नगरपालिका वडा नं. ५ गेरुवानीका दुई जना जंगली जनावारको आक्रमणबाट मृत्यु भएको आशंका गरिएको छ । गेरुवानीका राम बहादुर चन्द र कवि ओली बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबार विहान ८ः०० बजे घाँस काट्न मध्यवर्ती क्षेत्रको जंगलमा घाँस काटन गएका थिए । आइबार दिउँसो अबेरसम्म घर नफर्किएपछि आफ्न्तहरुले अस्थायी प्रहरी पोष्ट बबईमा खबर गरेका थिए ।

तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज, देब दत्त गण चिसापानी सुरक्षा चेक प्वाईन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीय मानिसहरुले खोजतलास गर्दै जाँदा दुबै जनालाई जङ्गली जनावरले आक्रमण गरी मृत्यु भएको अबस्थामा फेला पारेको थियो ।

निज राम बहादुर चन्दको पेटको भागमा जनावारले खाएको जस्तो देखिने र कबि वलीको घाँटीको भाग क्षतविक्षद भएर खाएको जस्तो देखिने अवस्थामा शव भेटिएको जनाइएको छ । उक्त स्थानमा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी टोली खटिएको छ ।

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

१२ बर्षिय छोरी करणीकाे आरोपमा प्रहरीद्वारा बुवालाई

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

लागु औषधसहित श्रीमान्–श्रीमति पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *