लागु औषधसहित श्रीमान्–श्रीमति पक्राउ

दिलिप ढकाल
भेरीगंगा, ३० साउन ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ बाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा शंकास्पद लागि खान तलासी गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ भैरबस्थान सुर्खेत बस्ने बर्ष ३७ का किरण गिरी र निजको श्रीमती बर्ष २६ कि शरला शाही लागु औषधसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागु औषध ब्युरोको संयुक्त टोलीले निजको घरबाट अन्दाजी ४७ .६२० ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद रु. २६,३०० पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिनुभयो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

लागु औषधसहित श्रीमान्–श्रीमति पक्राउ

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

लागु औषधसहित श्रीमान्–श्रीमति पक्राउ

कर्मयोगीका कुरा : हिम्मत नहारेका हिक्मत वादी

Leave a comment

Your email address will not be published. Required fields are marked *