१२ बर्षिय छोरी करणीकाे आरोपमा प्रहरीद्वारा बुवालाई पक्राउ

दिलिप ढकाल

गुर्भाकोट, २९ साउन ।

छोरीलाई जबरजस्ती गरेको आरोपमा प्रहरी चाैकी मेहेलकुनाले बुवालाई पक्राउ गरेको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ७ निवासी वर्ष ३१ का बुवा राम बहादुरले सहोदर १२ बर्षिय छोरीलाई जबरजस्ती गरेको आरोप लागेको छ।

घटना यहि श्रावन २६ गते राति १२ बजे भएको भएपनि दुई दिन पछि मात्र सार्बजनिक भएको छ। वडा अध्यक्षमार्फत बालिका बलात्कृत भएको जानकारी प्रहरी चौकी मेहेलकुनामा पुगेपछि प्रहरीको टोली घटना स्थलतर्फ पुगेको थियो।

घटनास्थलबाट करिब १ किलोमिटर परको जंगलबाट बलात्कारको आरोप लागेका बुवा राम बहादुर गन्दर्भलाई शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिए । उनले भने बलात्कारको आरोप लागेका राम बहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ। साथै बलात्कारको आरोप लागेका राम बहादुर माथि जवरजस्ती करणी उद्योग अन्तरगत मुद्दा अघि बढाइएको पनि उनले जानकारी दिए ।

१२ बर्षिय छोरी करणीकाे आरोपमा प्रहरीद्वारा बुवालाई पक्राउ

स्याक नेपालका परियोजनाबाट एक लाखबढी स्थानीय लाभान्वित

१२ बर्षिय छोरी करणीकाे आरोपमा प्रहरीद्वारा बुवालाई पक्राउ

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *