एकैपटक प्रतितोला १८ सय रूपैयाँ घट्यो सुन
काठमाडौं ३१ जेठ ।
मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १८ सय रूपैयाँ र चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो । सोमबार सुन प्रतितोला ९८ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत ः सेतोपाटी






