भोलिदेखि सरकारी कार्यालय समय हेरफेर

काठमाडौं ३१ जेठ ।

सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो । आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म हुने छ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म हुने छ । त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म हुनेछ ।

स्रोत ः सेतोपाटी

एकैपटक प्रतितोला १८ सय रूपैयाँ घट्यो सुन

भोलिदेखि सरकारी कार्यालय समय हेरफेर

पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा

Leave a comment

Your email address will not be published. Required fields are marked *