हुम्लाका दुई पालिकामा मतगणना जारी, ताँजाकोट वडा नं. १ र ५ माओबादी केन्द्र बिजयी

कालीबहादुर थापा
हुम्ला, ३१ बैशाख ।
हुम्लाका ७ वटा गाउँपाकिा मध्ये अहिले सम्म दुई वटा गाउँपालिकामा मात्र मतगणना सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट गाउँपालिकामा हिजो राती देखी नै मतगणना सुरु भएको थियो यता सर्केगाड गाउँपालिकाको वडा नम्बर १ बाट भर्खरै मतगणना सुरु भएको छ ।
हुम्लाको ताजाँकोटको दुई वडामा वडाध्यक्ष सहित माओवादी केन्द्रका पुरै प्यानल विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठाल सहित पुरै प्यानल विजयी भएको छ । भने वडा नम्बर ५ मा अध्यक्ष मंगल नेपाली सहित पूरा प्यानल विजयी भएको छ ।
वडा नम्बर १ मा मनलाल रिठालले २२३ मत ल्याएका छन् । उनका प्रतिद्वन्धी एमालेका हिक्मतजङ खड्का प्रराजित भएका छन् । वडा नम्बर १ मा ४५७ मत खसेको हो । वडा नम्बर ५ मा मंगल नेपालीले ३०७ मत प्राप्त गरेर विजयी भएका छन् ।
एमाले रत्नलाल बुढा प्रराजित भएका छन् । वडा नम्बर ५ मा ४८० मत खसेको हो । वडा नम्बर ५ को मतगणना सम्पन्न भए लगत्तै वडा नम्बर ३ को गणना गर्न सुरु भएको छ । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको याल्वाङका पत पेटीका नै मतगणना स्थलमा नपुगेकाले त्यहाँको प्रकृया नै सुरु भएको छैन ।
यता सिमकोट गाउँपलिकामा पनि सर्बदलिय बैठक नै बस्न नसकेको जनाइएको छ । यता खापुनाथ गाउँपालिकामा भर्खर मात्र सर्ब दलिय बैठक सुरु भएको छ । उता चंखेली गाउँपालिकाको डाँफे आधारभुत बिद्यालय नेप्काको मतपेटीका मतगणना स्थलमा नपुगी सकेकोले त्यहाँ पनि मतगण सुरु नभएको जनाइएको छ ।






