राष्ट्रिय सुरक्षाका लागि एमाले नेतृत्वको सरकार :  अध्यक्ष ओली

कालीकोट,२७ कात्तिक ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन् । कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।

नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन उनले आग्रह गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आयमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको बताए ।

देशको पक्षमा काम गर्न थालेपछि विरोधी शक्तिले एमालेविरुद्ध षडयन्त्र गरी सरकार ढालेको उनले आरोप लगाए । एमालेविरुद्ध धेरै भ्रम सिर्जना गरेर पटक पटक एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भएको उनको टिप्पणी छ । दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई ढाल्न प्रतिक्रान्ति शक्ति लागेर आफू नेतृत्वको सरकार ढालेको उनले चर्चा गरे ।

मङ्सिर ४को निर्वाचनले देश बनाउने शक्तिलाई जिताउने अवसर भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले थपे “अदालतको बलबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न सकेन, अब यसलाई निर्वाचनबाटै बिदा गर्नुपर्छ ।” सत्ता गठबन्धनको संयुक्त चुनावी घोषणापत्र नरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचन जितेमा कुन घोषणापत्र कार्यान्वयन हुने प्रष्ट नरहेको बताए ।

देश बनाउने शक्ति एमाले मात्र भएकाले मतदान गर्न उनले आव्हान गरे । देशसँगै कालीकोटमा एमालेले बहुमतसाथ जित्ने उनँले विश्वास व्यक्त गरे । हामीसँग जनता साथमा छन् । समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थक बनाउन जनताको साथ अपरिहार्य रहेको उनले चर्चा गरे । देशको अवस्था बिग्रन नदिन एमाले नेतृत्वको सरकार अनिवार्य रहेको उनको भनाइ छ ।

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताए । एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गर्द अध्यक्ष ओलीले भने “जनतालाई मन्त्री होइन, विकास चाहिएको छ । खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ ।”

दुर्गम क्षेत्रको विकास गर्न दुर्गमकै प्रतिनिधित्व अनिवार्य भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नो पार्टी आगामी सरकारको नेतृत्व गर्ने अवसर पाएमा दुर्गमको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । चुनावी सभामा प्रदेश तथा जिल्लाका नेता, उम्मेदवारहरुले पनि सम्बोधन गरे । चुनावी सभामा हजारौं नागरिकको सहभागिता थियो ।

गोरखापत्र

राष्ट्रिय सुरक्षाका लागि एमाले नेतृत्वको सरकार :  अध्यक्ष ओली

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले बुझे सामग्री

राष्ट्रिय सुरक्षाका लागि एमाले नेतृत्वको सरकार :  अध्यक्ष ओली

मुख्यसचिव सहितको सुरक्षा टोली कर्णालीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *