थरि थरि उम्मेदवारः थरि थरिका प्रतिवद्धता

सुर्खेत,२७ असोज ।

सुर्खेतका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले सुर्खेतलाई आसन्न निर्वाचनपछि देश र कर्णाली दुबैको नेतृत्व गर्ने अवसर भएका बताएका छन् । बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा एकसाथ प्रस्तुत भएका उनीहरूले त्यसका लागि गठबन्धनका उम्मेदवारले जित्ने पर्ने दवाब रहेको जिकिर गरे ।

समग्र कर्णालीको विकास र परिवर्तनका लागि कटिवद्ध भए लाग्नेछु। पूर्व संघीय मन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका कांग्रेस उम्मेदवार हृदयराम थानीले भने, भ्रष्टाचार र नातागोतालाई पोस्ने काम मबाट हुँदैन ।

जनप्रतिनिधिहरुमा भ्रष्टाचार गर्ने र आफ्ना आसेपासेलाई मात्र संरक्षण पर्ने प्रवृत्ति हावी भएकाले नेताप्रति जनातामा निराशा आएको टिप्पणी गर्दै उनले आफू निर्वाचित भएपछि यी दुबै कुरा आफ्नो प्राथमिकतामा नपर्ने प्रतिवद्धतापनि जनाए ।

कार्यक्रममा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभाका उम्मेदवार माओवादीका विन्दमान विष्टले यो चुनावमा गठवन्धनले हारे देश र कर्णालीको नेतृत्व गर्ने अवसर गुम्ने र ठूलो घाटा व्यहोर्नुपर्ने तर्क गरे । ’गठबन्धनको पहिलो आधार भनेको समाजवादको आधार तयार गर्नु हो ,’ उनले भने,’त्यसका लागि पनि गठबन्धनको आवश्यक हो ।

देशको परिवर्तन, स्थायित्व , संविधान कार्यान्वयनका लागि वामलोकतान्त्रिक गठबन्धन गर्नुपरेको हो ।’ सुर्खेत निर्वाचन–१ (क) प्रदेश सभा सदस्यका उम्मेदवार खड्ग पोखरेलले संविधानको रक्षा र सुर्खेतको परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे ।

१ (ख) का उम्मेदवार कृष्ण जीसी यो गठबन्धन, स्वार्थका लागि नभएको भन्दै गठबन्धनलाई भड्काउन विगतका कुरा लिएर भावनात्मक कुरालाई प्राथमिकता नराख्न आग्रह गरे । खत्रीको उम्मेदवारी फिर्ता सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका खड्क खत्रीले फिर्ता लिएका छन्।

खत्रीले बुधबार गुर्भाकोट नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्। उनको नाम पहिला स्थानीय र जिल्ला कमिटिबाट टिकटका लागि सिफारिसमा परेपनि सिफारिसमै नपरेका एमाले नेता डण्डीप्रसाद शर्मालाई टिकट दिएपछि खत्रीले स्वतन्त्रका रूपमा उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टी भित्र देखिएको समस्या समाधान भएपछि खत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । यस्तै, उम्मेदवारी फिर्ता लिएसँगै खत्रीले पार्टी भित्रको कमजोरीलाई सुधार गर्दै पार्टीबाट उम्मेदवारलाइ सघाउने प्रतिबद्धता जाहेर गरेको उनले बताए ।

सोही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा उम्मेवार बनेर निर्वाचन जितेका खत्री कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत बनेका थिए । यसैगरी सुर्खेतको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभाका (क) तर्फ स्वतन्त्र उम्मेद्वारी दिएका पदम वन र सूर्यबहादुर खत्रीलेपनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यी दुई उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिदै गठवन्धन दलका उम्मेद्वारलाई सर्मथन रहेको समेत जनाएका छन् । समाजदवादी अडानमै सत्तारूढ गठवन्धनमै भएपनि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको नेकपा (एकीकृत समाजवादी केन्द्र) का उम्मेदवारहरूले आफ्नो उम्मेदवारी कायम राखेका छन ।

बुधबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिने कार्यतालिका भएपनि दुबै उम्मेदवारले उम्मेदवारी नझिकेपछि दुबै जनाको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि प्रदेशसभा २ को (क) र (ख) मा समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए ।

समाजवादीका जिल्ला अध्यक्ष बडुवालले गठवन्धनको मर्म अनुसार उम्मेदवारी दिएको जिकिर गर्दै पार्टीको केन्द्रीय निर्णय अनुसार नै उम्मेदवारी कायम राखेको प्रतिक्रिया दिए । समाजवादीले सुर्खेतमा प्रदेशसभातर्फको २ (ख) पाउनुपर्ने बताउँदै आएपनि गठबन्धनको केन्द्रीय संयन्त्रले कुनैपनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको थियो ।

रुकुम पश्चिममा कांग्रेस र स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

रुकुम पश्चिममा नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रबाट कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो । कांग्रेसबाट प्रतिनिधि सभाका लागि मानबहादुर नेपाली र स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै प्रदेश सभा (क) मा कांग्रेसले कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाएको थियो । उनले पनि गठबन्धनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवार भिमदत्त खड्का, प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार खडक डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धनको भागवण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा (क) माओवादीलाई भाग परेको थियो भने (ख) मा कांग्रेस÷माओवादी दुवैको नाम उल्लेख गरिएको थियो । यद्यपि माओवादीले तीन वटामै पाउनुपर्ने अडान कायम राखेपछि कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

अब प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवारको रूपमा माओवादीका नेता जनार्दन शर्मा र प्रदेश (क) मा महेन्द्र केसी र (ख) मा माओवादीकै राजकुमार शर्मा उम्मेदवार बनेका छन् ।

थरि थरि उम्मेदवारः थरि थरिका प्रतिवद्धता

कपुरकोट ५ सल्लामका पहिरो पिडित १४ घरलाई

थरि थरि उम्मेदवारः थरि थरिका प्रतिवद्धता

घोषणापत्रको अन्तिम तयारीमा दलहरू

Leave a comment

Your email address will not be published. Required fields are marked *