मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

सुर्खेत, २८ साउन ।
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरी कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्रहरु नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो । अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उहाँको भनाइ थियो ।

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

कथा : राजनीतिक मोह

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

सुर्खेतमा बैकल्पिक विमानस्थल रामघाटमा निर्माण गरिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *