घुयँत्राे : अबसरबाट ठगिएका बिष्टले …

हैन ! के हुन लायाे के यस्ताे ! माअाेवादिका नेता कार्यकर्ताजति पाटि छाेडेर शब लाखा पाखा लाग्न लाएत हँ । कतै अाेलिबा बाहेक अरु नेतै छैनन देशाँ जे गर्छन यिनै अाेलिबाले गर्छन भन्ने भ्रममा त छैनन यी पाटि छाेडने मान्छेहरु ।

अरु सामान्य मान्छे त अाउँछन जान्छन केई भएन । तर, कर्नाली प्रदेशका त प्रदेशसभाका सचेतक र सभासद पदै छाेडेर माअाेवादि छाेडेर गैदे त हँ । गुड फ्राईडेका दिनाँ जब प्रचण्ड कमरेड सुर्खेत सभाहलाँ कार्यकर्तालाई सम्बाेधन गर्दैथे तब ठम्मर बिष्टले राजधानीयाँ पत्रकार सम्मेलन गरेर माअाेवादि पाटि छाेडेकाे घाेषणाँ गर्दै थिए ।

केईमैनाअघि मन्त्री बनाउने कुरामै ठाकठुक भएर अन्त्याँ प्रमुख सचेतक बनाएर वेवकुफ बनादेखिनै रुष्ठ ठम्मर बिष्ट सुरखेतका माअाेवादिमा अल्लि केही बुझेका र सिनियर नेता मानिन्छन । तर उनकाे पहुँच मुख्यन्त्री महेन्द्रबहादुरसम्म नहुँदा अबसरबाट ठगिएका बिष्टले पुगनपुग त्यै पाटिमा अडिनु ठूलै कुरा हाे । त्यसैले भाेलि केही गराैँला भन्ने मनसायले अबसर पाईने पाटिमाजान खाेज्नु स्वभाविकै हाे ।

पद छाेडदा म कुन पाटियाँ जान्छु भनेर जानकारी नदेनि सम्भब त उनी जाने पाटि भनेकाे एमालेनै हाे । उनका अन्य केई साथीहरुनि एमाल्याँ गै सक्याछन । त्यसैले उतै जान्छन हाेला भन्ने अनुमान सबैकाेछ । तरपनि फेरिपनि बन्दुक बाेक्ने रहर जागेकाे भए कर्नालीका प्रकाण्डझैँ बिषट्जिपनि नेत्रबिक्रमजीतिर जाननि सक्नु हुन्छ भनेर लख काटने धेरैछन ।

तर एमाले भने ठम्मर कैले राजधानी बाट अाउला र एमाले बनाम्ला भनेर बाटाे ढुक्ने एमालेनि धेरैछन । याैटा कमिनिष्ट कैल्यै काँग्रेस बन्न सक्दैन बरु कमिनिष्ट पाटिमै अदलबदल भै रहन्छ भन्ने बुझेर हाेला काँग्रेसीहरु भने बिष्टलाई ल्याम्ला र ठूलै खैलाबैला मच्चाम्ला भन्नेमाछैनन । हुनपनि जन्तासम्मलाई ल्याउनु त ठिकैहाे भाेटै बढाउने हाे तर नेतैलाई ल्याउँदा त पाटियाँ ठाउँपनि त दिनु पर्ने हाेला ।

ऐले भाकै कार्यकर्तालाई ब्यवस्थापन गर्न त हम्मेहम्मे छ अँझ भएन भनेर अर्काे पाटिका नेतालाईनि भित्र्याउने बित्तिकै अरु साथािहरकाे पालाे मिचेर ठाउँ दिन खाेज्दा जन्मिने कलहले त झन ठुलै रुपपाे लिन सक्ला त हैनर? त्यसैले पाटियाँ भित्र्याउन त भित्र्याअाे साथीहाे । तर पछि रडाकाे नमच्चिअाेस । एक ल्याएर दुई गुमाउनु पर्छभने त्यस्ताे खेलाँ नलाग्दै उचित हुन्छ ।

त्यसैले एमालेका साथीहरु कर्नालीकाे सदरमुकाम वीरेन्द्रनगराँ बसेर मख्ख नहुनाेस पूरवी सुर्खेत सिम्ताका एमालेहरले हाम्राे भाग खाेस्न अायाे भनेर पाटियाँ उखरमाउलाे उठाउन थाले भने त्याे बेलाँ के हाेला ? त्यसैले मत यस्तै हुन्छ भन्ने स्थतियाँ छैन । तर माअाेवादि छाेडेकाेमा माननीय ठम्मर विष्टलाई बधाई चाई दिन चाहन्छु । किन त भन्दा माअाेवादि पाटिमाजति भ्रष्ट नेता कइँ छैनन । भष्टाचारकाे दलदलमा बसेर के गर्ने हाे ।

घुयँत्राे : अबसरबाट ठगिएका बिष्टले …

YUGAAWHAN NATIONAL DAILY (2078-11-29)

घुयँत्राे : अबसरबाट ठगिएका बिष्टले …

लघु कथा – पुरस्कार !

Leave a comment

Your email address will not be published. Required fields are marked *