धादिङको मूलपानीमा मृत भेटिए वृद्ध दम्पती

 धादिङ, २६ मंसिर ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्।

जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयबासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए।

’विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा कपडा ओढाइएको छ’, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, ’निरमायाको शव घरभित्रै छ तर काठको प्वालबाट घरभित्र हेर्दा उनको खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौं।”

मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन्।छोरा काठमाडौंमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भइसकेको स्थानीयबासीले जानकारी दिएका छन्। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

रासस 

धादिङको मूलपानीमा मृत भेटिए वृद्ध दम्पती

सरकारले अध्यादेश फिर्ता लिनुपर्छः गगन थापा

धादिङको मूलपानीमा मृत भेटिए वृद्ध दम्पती

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!