क्षेत्र नम्बर १ सुर्खेतमा ३ पदको लागी २२जना चुनाबी मैदानमा ः मनोनयन दर्ता गराएका ४ जनाको उमेद्वारी फिर्ता

दिलिप ढकाल
सुर्खेत, २६ असोज ।

मङ्सिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाबको लागि मनोनयन दर्ता गरेका २६ जना मध्य ४ जनाले उमेद्वारी फिर्ता लिएका छन्। निर्बाचन अधिकृतको कार्यालयमा गएर चार जनाले आफ्नो मनोनयन दर्ता फिर्ता लिएका हुन्।

मनोनयन फिर्ता लिने हरुमा प्रतिनिधि सभा तर्फ स्वतन्त्र बाट मानसिंह ठकुरी,त्यसै गरि प्रदेश सभातर्फ क बाट स्वतन्त्र उमेद्वार युबराज शर्मा रहेका छन् यस्तै प्रदेश सभातर्फ ख बाट नेकपा एमालेको तर्फ बाट खड्क बहादुर खत्री र रास्ट्रीय प्रजातन्त्र पार्टी नेपाल बाट दलबहादुर खत्रीले पनि मनोनयन फिर्ता लिएको निर्बाचन अधिकृत उपेन्द्र केशर खनालले जानकारी दिए ।

अब सुर्खेत क्षेत्र नम्बर १ मा तिन पदको लागी २२ जनाले प्रतिशपर्धा गर्ने भएका छन्।  जसमा सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागी नेकपा एमाले बाट धुर्वकुमार शाही,नेपाली काँग्रेस बाट पूर्ण बहादुर खड्का,रास्ट्रीय प्रजातन्त्र पार्टी बाट छत्रपति थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बाट मोहमद हसरत अली ,

नेपाल मजदुर किसान पार्टी बाट प्रेमबहादुर थापा, जनता समाजबादी पार्टी नेपाल बाट कर्णबहादुर थापा, मंगोल नेशनल पार्टी बाट शेर बहादुर घर्तीमगर र राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल बाट जीवन चन्द गरि ८ जना चुनाबी मैदानमा होमिएका छ्न।

यस्तै प्रदेश सभा क अन्तर्गत नेपाली काँग्रेस बाट खड्क बहादुर पोखरेल, नेकपा एमाले बाट ठम्मर विष्ट, रास्ट्रीय प्रजातन्त्र पार्टी बाट दलबहादुर सिंह, नेपाल मजदुर किसान पार्टी बाट पुष्पराज राना, जनता समाजबादी पार्टी नेपाल बाट गंगे कामी र रास्ट्रीय प्रजातन्त्र पार्टी नेपाल बाट लालबहादुर गुरुङ गरि ६ जना चुनाबी मैदानमा होमिएका छन् भने प्रदेश सभा ख अन्तर्गत नेकपा एमाले बाट डन्डिप्रसाद शर्मा , नेकपा माओवादी केन्द्र बाट कृष्ण बहादुर जिसी, नेपाल मजदुर किसान पार्टी बाट मनकली रामजाली, जनता समाजबादी पार्टी नेपाल बाट कृपाराम बस्नेत, रास्ट्रीय प्रजातन्त्र पार्टी बाट मानबहादुर खराल, जनमोर्चा पार्टी बाट मोहन थापा , र स्वतन्त्र बाट दिपेन्द्रनाथ योगी तथा देवबहादुर चन्द गरि ८ जना चुनाबी मैदानमा उत्रिएका छन्।

यसै बीच उम्मेदवारी फिर्ता लिएका खत्रीले पार्टी भित्रको कमजोरीलाई सुधार गर्दै आफुनो पार्टीबाट उम्मेदवार बनेका सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार ध्रुवकुमार शाही ,प्रदेशसभा (क) मा ठम्मरबहादुर विष्ट र (ख) मा डण्डी प्रसाद शर्मालाई विजयी गराउँनेमा अग्रसर हुने समेत प्रतिबद्धता जनाएका छन्।

क्षेत्र नम्बर १ सुर्खेतमा ३ पदको लागी २२जना चुनाबी मैदानमा ः मनोनयन दर्ता गराएका ४ जनाको उमेद्वारी फिर्ता

मान्म बजारका ४५ घरमुनि पहिरो

क्षेत्र नम्बर १ सुर्खेतमा ३ पदको लागी २२जना चुनाबी मैदानमा ः मनोनयन दर्ता गराएका ४ जनाको उमेद्वारी फिर्ता

दशैंपछिको दशाः कर्णालीमा अर्बौँको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *