चुनावि प्रतिबद्दता पुरा गर्दै वडा अध्यक्ष डाँगी, करिब २ करोडको लागतमा लिफ्ट सिचाई आयोजना सुरु हुदै

दिलिप ढकाल
सुर्खेत,२७ भदौ ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ४ पोखरामा करिब २ करोडको लागतमा सुरु हुन लागेको लिफ्ट सिचाई आयोजनाको स्थलगत अनुगम गरिएको छ। बर्षौ देखि सिचाई सुबिधा नभई कृषि उत्पादनमै कमि हुदा किशानहरु मर्कामा परेको र सिचाईको उचित प्रबन्ध मिलाउन पोखरा निवासी सम्पूर्ण जनताहरुको माग बमोजिम लिफ्ट सिचाई आयोजना सुरु गर्ने प्रक्रिया अगाडी बढाउन लागिएको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीले जानकारी दिए ।
जनताको समस्या तथा गुनासो हरु बारम्बार आफुले सुन्दै तथा देख्दै आएको र आफु स्थानिय तहको निर्बाचन मा वडा अध्यक्षको उमेद्वार बन्दानै उक्त लिफ्ट सिचाई आयोजना सुरु गर्ने प्रतिबद्दता सहित जनता माझ होमिएको उनले बताए ।
उनि भन्छन् हुन्छ,मैले चुनाबी घोषणा पत्रमा नै आफु बिजयी भए सबै भन्दा पहिला किसानलाई सिचाईको सुबिधा उपलब्ध गराउने बाचा गरेको थिए, सोहि अनुसार काम सुरु भएको छ। साथै उहाले आफु निर्बाचित भएपछी कर्णाली प्रदेश सरकार बाट आफ्नो अनुरोध तथा नेपालि कांग्रेस का नेता एबम समाजसेवी बिष्णु खड्काको बिशेष पहलमा उक्त लिफ्ट सिचाई आयोजनामा रकम बिनियोजन भई काम सुरु हुदा थप हौसला मिलेको बताएको छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९-८० का लागि विनियोजित गरेको करिब दुई करोड बजेट बाट पहिलो बर्षको तिस लाख रकमको काम गर्नको लागि स्थलगत अनुगमन गरिएको हो।
लिफ्ट सिचाई आयोजनाको काम अब छिट्टै सुरु हुने प्राविधिकको टिमले जानकरी दिएको समेत् अध्यक्ष डाँगीले जानकारी दिनु भयो। लिफ्ट सिचाई २ बर्षमा सम्पन गर्ने योजना रहेको र सुरु भएपछी ४ नम्बर भित्रका जनताले साग सब्जी तथा तरकारी बालीमा सिचाईको लागि राम्रो सुबिधा पाउने छन्।
जसको लागि गोछे खोला नजिकै पचास लाख लिटरको ड्याम निर्माण हुनेछ। उक्त ड्यामबाट पानि जाने ठाउमा कुलो बाट पानि वितरण गरिने र कुलो बाट पानि नजाने ठाउमा पाइपबाट पानि लैजाने ब्यबस्था मिलाउने समेत अध्यक्ष डाँगीको भनाइ छ।





