कर्णाली करिडोर निर्माणमा खटिएका सुर्खेत निवासी सैनिकको मृत्यु

सुर्खेत, २७ साउन ।
कर्णाली करिडोर निर्माणमा खटिएका एक जना सैनिकको मृत्यु भएको छ । वीरेन्द्रनगर–११ गाग्रेताल निवासी सैनिक जवानको मृत्यु भएको हो । करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–१ लालिबगर भन्ने ठाउँमा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको हो ।

उनको मृत्यु बिहीबार बिहान ६ बजेतिर भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । करिडोर निर्माणको क्रममा चट्टाने भीर छिचोल्नका लागि बम बिस्फोट गराउने मेसिन जाँच गर्ने क्रममा उनी चिप्लिएका थिए ।

परियारका अनुसार टिकाराम मेसिन भएको स्थानबाट १०० मिटर तल खसेका थिए । उनका अनुसार मेसिन जाँच गर्ने क्रममै उनीसँगै रहेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा उनको मृत्यु भएको हो । घाइते विष्टको भने नेपालगन्जमा उपचार भइरहेको छ ।

कर्णाली करिडोर निर्माणमा खटिएका सुर्खेत निवासी सैनिकको मृत्यु

उच्च अदालतको पत्रले रोकियो मन्त्री परिषद् विस्तार

कर्णाली करिडोर निर्माणमा खटिएका सुर्खेत निवासी सैनिकको मृत्यु

नागरिक सुशासन युवा मञ्चद्वारा कालिमाटीमा सरसफाई

Leave a comment

Your email address will not be published. Required fields are marked *