नागरिक सुशासन युवा मञ्चद्वारा कालिमाटीमा सरसफाई

दिलिप ढकाल
गुर्भाकाेट, २७ साउन ।
सुशासन मा नागरिक सहभागिता अन्तर्गत अन्तर पुस्ताको एकैबद्दता सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिबद्दाता भन्ने मुल नाराका साथ् आज देशै भर १९ औ अन्तरास्ट्रिय युवा दिबश मनाइएको छ।
यहि अन्तरास्ट्रिय युवा दिवसको अबसरमा पारि कालिमाटी गाउपालिका वडा नम्बर ३ मा पनि सरसफाई गरिएको छ। नागरिक सुशासन युवा मञ्च कालिमाटी गाउपालिका रामपुरको आयोजनामा वडा नम्बर ३ को चौकी बजार देखि पुतलि बजार हुदै पिसे चोक सम्म सरसफाई गरिएको दलित बिकास समाज कालिमाटी गाउपालिका को सहजकर्ता प्रेम रसाइलीले जानकारी दिनुभयो।

कालिमाटी गाउँपालिका लाई स्वच्छ शान्त एबम सुन्दर बनाउनको लागि उक्त सरसफाई कार्यक्रम गरिएको थियो। चौकी बजार देखि पुतली बजार हुदै पिसे सम्मको बाटोको बिभिन्न ठाउहरु चौकी बजार,नबिल बैक अगाडी,पुताली बजार र बिष्णु अटो वर्क शप गरि जम्मा चार ठाउमा सरसफाईको लागि डसविन राखिएको छ।

बिहान ८ बजे देखि सुरु भएको सरसफाई कार्यक्रम झन्डै २ घण्टा सम्म चलेको थियो। हिजो गाउँपालिकाले नागरिक सुशासन युवा मञ्च लाई चार वटा डसविन र चार वडा झाडु उपलब्ध गराएको थियो। सोहि झाडु र डसविन लाई युवा हरुको समुहले फोहोर सङ्कलन को लागि आज बिभिन्न ठाउमा राखेको हो। नागरिक सुशासन युवा मञ्च कालिमाटी गाउपालिका रामपुरको आयोजना तथा दलित बिकास समाज कालिमाटी गाउँपालिका को सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो।






