भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकाय पिडा पोख्दै

सुर्खेत,२८ असार ।

आर्थिक वर्ष २०७९÷८० बजेटमाथि छलफल क्रममा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले बजेट बाँड्ने समयमा मन्त्री नभएकै राम्रो हुने भन्दै पीडा पोखे । उनले भने, ‘मुख्यमन्त्री आर्थिक मामिला तथा योजना मन्त्रीले गाली गर्ने, पार्टीले दबाब दिने, माननीय सांसदहरू सबैबाट आरोप मात्रै लाग्ने । ’

प्रदेशसभाको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पहिला आफै मन्त्री हुँदा जसले कमिसन खाएर बजेटमा योजना हाले अहिले उनीहरूले नै कमिसन खाएर योजना हालेको आरोप लगाएको दाबी गरे । यो भन्दा अगाडिका मन्त्रीहरूले कहिले पनि बजेट बनाउँदा सांसदहरूलाई फोन गरेर योजना माग नगरेको बताउँदै उनले सबैलाई फोन गरेर योजना दिन आग्रह गरेको दाबी गरे ।

उनीहरूको माग अनुसार नै सबैका दुई ,दुई योजना समेटेको समेत बताए । समानुपातिक माननीयले पनि एक करोड पाए , प्रत्यक्षले चार करोड दिएर पूर्वाधार कार्यक्रम सञ्चालनमा ल्याइएको समेत उनले जानकारी दिए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले आफ्नो योजना एउटा पनि नपारेको भन्दै पीडा सुनाएका मन्त्री रोकायले उनको योजना परेको जानकारी दिए ।

डोल्पाकी प्रदेशसभा सदस्य पदमीक्वारी बोहरालाई ’माननीय सम्धीनी ज्यू’ भन्दै मन्त्री रोकायले तपाईंको पनि योजना हालिदिएको छु । तपाई किन अनावश्यक आरोप लगाउनुहुन्छ । बरु मैले एउटा कान्छो छोराको सम्ध्यालो डोल्पा भएकाले एउटा योजना त्यहाँ हालेको छु के अचम्म भयो र ?,’  । उनले भने, ‘माननीयज्यूहरु हाम्रो मन्त्रालयको विनियोजित बजेटबारेमा तपाईंहरु सन्तुष्ट हुनुहुँदैन । वास्तवमा भन्ने हो भने मेरो मन्त्रालयको बजेटमा म पनि सन्तुष्ट छैन । किनभने बजेट घटेर आयो, दायित्व बढ्दै गयो ।’

साथै उनले आफ्नो मन्त्रालयको बजेट बाँडफाँट गर्न नपाएको गुनासो गरे । उनले भने, ‘हाम्रो मन्त्रालयमा १० अर्ब ९२ करोड छ । त्यसमा मैले जम्मै ६८ करोड बाढ्न पाएको छु । अन्य मन्त्रालयमा डेढ अर्बभन्दा बढी बाँडफाँड गरेका छन् । हाम्रो मन्त्रालयमा नयाँ १६१ वटा योजना छन् ।’

उनले सुरुमा सरकारले अधूरा आयोजना पूरा गर्ने भनेर भने पनि अन्तिममा नयाँ योजनाहरू बढी आएको बताए । ‘बहुवर्षीय ४१ जना छन्,’ उनले भने, ‘पहिला बजेट बढी हुन्थ्यो । क्रमागत थिएन । जनता सडक आठ करोड निर्वाचन क्षेत्र कोष पाँच करोड बाँकी एक करोडका दरमा सबै माननीयले योजना पाउनुहुन्थ्यो । अनि सन्तुष्ट हुनुहुन्थ्यो । अहिले जम्मा दुई वटा योजना पाउनुभयो कसरी सन्तुष्ट हुनहुन्थ्यो ?’

’बजेट सिलिङ गर्दा मुख्यमन्त्रीको अगाडि म आफूमात्र उभिएको थिएँ,’ उनले भने, ‘जम्मा आठ अर्ब ८८ करोड बजेट बाँड्नुपर्ने जानकारी दिएँ । त्यसमा पनि बहुवर्षीय र क्रमागतमा हो । बाँढ्ने जम्मा २० करोड मात्र राखिएको थियो । मैले त्यसै गरेको हुँ । तर, अहिले सांसदहरूका मन फेरिए । अनि कसरी सन्तुष्ट हुने ?’

शनिबारको बैठकमा एमाले सांसद राजु नेपालीले ‘नबोली, नबोली कर्णालीको विकास रातो किताब आयो, योजना मन्त्रीका स्वकीय, छोराछोरीलाई भयो ।’ भन्दै गीति टुक्काबाट प्रश्न गरेकी थिइन् । मन्त्री रोकायाले पनि प्रश्नको जवाफ टुक्काबाटै दिन्छु भन्दै भने अर“लाई भन्नुभन्दा हिजोका दिन हेर । आफै मन्त्री भएका मान्छे ०८९÷८० बजेट कोइ नफाल्या खेर ।

स्रोत :  रातोपाटी

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकाय पिडा पोख्दै

औद्योगिक प्रयोजनको लागि ग्यास २३ सय ७२

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकाय पिडा पोख्दै

कर्णालीमा साउने संक्रान्तिको दिन सार्वजनिक विदा

Leave a comment

Your email address will not be published. Required fields are marked *