कर्णालीमा साउने संक्रान्तिको दिन सार्वजनिक विदा

सुर्खेत,२८ असार ।
कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरि सार्वजनिक विदा दिइएको जनाएको छ ।

यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दिने निर्णय गरेको थियो । उक्त बिदाकाे दिन कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक बिदा हुने भएको छ ।

.






