एसईईको नतिजा साउन पहिलो सातामा सार्वजनिक गर्ने

काठमाडौं, २८ असार,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो सातामात्र सार्वजनिक गर्ने भएको छ । असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले काम नसकिएकाले ७(८ दिनपछि नतिजा सार्वजनिक गर्ने भएको हो । उत्तरपुस्तिका परीक्षणको काम सकियो । कम्प्युटरमा इन्ट्री र त्रुटि सच्याउने काम भइरहेको छु, एसईई उपनियन्त्रक भक्तबहादुर गोदारले भने,नतिजा सार्वजनिकको मिति तय भएको छैन । तर, ७ ÷८ दिनपछि मात्र हुन्छ ।

असार मसान्तमा सार्वजनिक गर्ने भनिए पनि स्थानीय चुनावका कारण ढिला भएको उनले बताए । चुनावको कारण १० दिन काम राम्रोसँग हुन पाएन त्यसैले ढिला भएको हो उनले भने । गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

एसईईको नतिजा साउन पहिलो सातामा सार्वजनिक गर्ने

कर्णालीमा साउने संक्रान्तिको दिन सार्वजनिक विदा

एसईईको नतिजा साउन पहिलो सातामा सार्वजनिक गर्ने

बहुमुल्य जडिबुटी निर्यात गर्दै कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *