औद्योगिक प्रयोजनको लागि ग्यास २३ सय ७२ रूपैयाँमा बेच्न सिफारिस

 काठमाडौं,२८ असार ।

खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठन गरिएको उपसमितिले औद्योगिक प्रयोजनको लागि लागत मूल्यमै ग्यास बिक्री गर्न उपसमितिको सिफारिस गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रति सिलण्डर २३ सय ७१ रूपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ । सरकारले ग्यासमा सहुलियत दिएर प्रति सिलिण्डर एक हजार आठ सय रूपैयाँमा बिक्री गर्दै आएको छ ।

उपसमितिले गरेको सिफारिस कार्यान्वयनमा आउने हो भने होटल–रेष्टुरेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग गर्न उद्योगी व्यापारीले प्रति सिलिण्डर २३ सय ७१ रूपैयाँ ७८ पैसा तिर्नुपर्ने हुन्छ । अहिले सबै घरायसी र औद्योगिक दुवै प्रयोजना एकै मूल्य कायम गर्दा निगमले प्रति सिलिण्डर पाँच सय ७१ रूपैयाँ ७८ पैसा घाटा बेहोर्दै आएको छ। निगमको पेट्रोलियम पदार्थको कुल घाटामध्ये ५० प्रतिशतभन्दा बढी खाना पकाउने एलपी ग्यासको ओगटेको निगमले बताउँदै आएको छ ।

उपसमितिले विशेष गरी ग्यासको मूल्यमा दुई वटा विकल्प सिफारिस गरेको नेपाल आयाल निगमका एलपी ग्यास विभागका विभागीय प्रमुख नेत्र काफ्लेले जानकारी दिए। ‘अहिले हामीले सञ्चालक समितिलाई दुइटा विकल्प सिफारिस गरेका छौं। कार्यान्वयनमा भने आइसकेको छैन,’ उनले भने ।

उनकाअनुसार पहिलो विकल्पमा उद्योगीलाई स्वस्फुर्त रूपमा औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै बेच्न आह्वान गर्ने। दोस्रो, यदि त्यो मान्दैनन् भने अहिले जति ग्यास बेचेका छन् त्यसमध्ये १५ प्रतिशत सिलिण्डर औद्योगिक प्रयोजना बेच्न लगाउने रहेको छ ।

दुई थरी मूल्य गर्दा ग्यासको सिलिण्डरको रङ र साइज पनि परिवर्तन गरिनेछ । घरायसी प्रयोजनको ग्यास रातो सिलिण्डरमै हालकै साइजमा वितरण गरिनेछ भने औद्योगिक प्रयोजनका लगि निलो रङमा १९ र ५० तौलको सिलिण्डर सिफारिस गरिएको छ ।

ग्यासको गन्ध परिवर्तन गर्न भने अहिले सम्भव नभएको उनी बताउँछन् । ‘अब हामीलाई मात्रै आइओसीले गन्ध परिवर्तन गरिदिँदैन । उनीहरूले पनि एउटै गन्धमा दुइटा सिलिण्डर बेचिरहेका छन्,’ उनले भने ।

स्रोत :  सेतोपाटी

औद्योगिक प्रयोजनको लागि ग्यास २३ सय ७२ रूपैयाँमा बेच्न सिफारिस

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

औद्योगिक प्रयोजनको लागि ग्यास २३ सय ७२ रूपैयाँमा बेच्न सिफारिस

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकाय पिडा

Leave a comment

Your email address will not be published. Required fields are marked *