नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

काठमाडौं,२८ असार ।

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ १४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७४ पैसा पाइन्छ ।

मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९९ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९४ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७८ पैसा पाइन्छ ।

मंगलबार कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ८७ पैसा पाइन्छ । बहराइन दिनार एकको खरिदमा आज नेपाली ३३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३३७ रुपैयाँ ९८ पैसा पाइन्छ ।

स्रोत :  सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

मंगलबार सुन–चाँदीको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

औद्योगिक प्रयोजनको लागि ग्यास २३ सय ७२

Leave a comment

Your email address will not be published. Required fields are marked *