सुर्खेतमा आजदेखि मदिरा बिक्री÷वितरणमा रोक

सुर्खेत, २५ कात्तिक ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै सुर्खेतमा मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादिन बनाउनका लागि सर्वदलीय बैठकबाट यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
मदिरा सेवन तथा बिक्री नगर्ने निर्णय कार्यान्वयनका लागि जिल्लास्थित राजनीतिक दल, उद्योगी, व्यवसायी, सर्वसाधारण लगायतलाई प्रशासनले आग्रह पनि गरेको छ । यस्तै, निर्वाचनको मत परिणाम घोषणा नभएसम्म जिल्लाभित्र मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद तथा अन्य मनोरञ्जनका क्रियाकलाप गर्न पनि रोक लगाइएको छ।
मतदान सुरू हुनुभन्दा २४ घण्टा अघिदेखि ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकर लगायतका विस्फोटनमा प्रयोग हुन सक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा पनि रोक लगाउने निर्णय पनि जिल्लास्थित सर्वदलीय बैठकले गरेको छ ।
सेतोपाटी





