सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवकोटाको उम्मेदवारी किन बज्दै छ ,घरदैलोमा घण्टी

वसन्त शर्मा

कार्तिक २५ सल्यान ।

आगामी मंसिर चार गते देशै भरी एक साथ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । विभिन्न राजनीतिक दलहरुले आफ्नो पार्टीलाई अत्याधिक बहुमत लिएर बिजय बनाउने दौडानमा छन, युवाहरु नयाँ भिजन लगेर अगाडि बढिरहेको दाबी गरेका छन् । ती मध्येका एक युवा राष्ट्रिय स्वतन्त्र पाटी प्रतिनिधि सभा सदस्य उम्मेदवार घण्टी लगेर हिडिरहेका पवन राज देवकोटा आखिर को रहेछ्न् ।

सल्यान जिल्ला बागचौर नगरपालिका–५,शिवरथमा जन्मेका पवनराज देवकोटाले त्रिभुवन विश्वविद्यालयवाट शिक्षा शास्त्र, मानवशास्त्रमा स्नातकोत्तर गरेका छन , कानुनशास्त्रका स्नातक गरेका लामो समय सम्म सल्यान जिल्लामा वसेर वालवालिका, महिला, दलित, जनजाती, अपाङता अधिकारका लागि वकालत गर्दे कानुन निर्माणमा समेत योगदान पुर्याएका छन।

पछिल्लो समय उनले विपद व्यवस्थापनमा लामो समय आफ्नो विज्ञता प्रस्तुत गर्नुमा साथै स्थानिय सरकारलाई नीति तथा योजना निर्माण, पालिका तहमा आवश्यक कानुन निर्माण कार्यमा परामर्शदाताको रुपमा समेत कार्य गरेका छन् । उनी संग सामाजिक क्षेत्रको २० वर्षको अनुभवलाई उनले समाज परिवर्तनमा योगदान पुर्याउने उद्देश्यका साथ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारि दिएर राजनैतिक यात्रा शुरु गरेका छन।

सम्पुर्ण सल्यानि जनताहरुलाई जान्नेलाई छानि, जनता जिताउने अभियानमा सहभागी भइ पवनराज देवकोटालाई विजय गराउनुहुन अनुरोध गरेका छन । उनी भन्छन् ः एउटा कुशल र कृयाशिल नेता हुदा देश अनि समाज परिवर्तन सम्भव छ, भन्ने कुरालाई आत्मसाथ गरी, पूर्ण मानव अधिकारको प्रत्याभूती र भ्रष्टचार रहित समाज निर्माणका लागि युवाको आवश्यक छ ।

दिगो पूर्वाधार विकासलाई अगाडी बढाउन विगत २० वर्ष देखी समाज विकासमा सकृय, अनुभवी, सक्षम युवा नेता पवनराज देवकोटालाई प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टिको चुनाब चिन्न घण्टीमा मतदान गरी भारी मतले विजय गराउने छन् भन्ने कुरामा आफू बिश्वस्त भएको बताए ।

आफू अरु भन्दा फरक भएको अरुले कुरा गर्छन् म काम गरेर देखाउछु सल्यानको समृद्धिको र सल्यानी जनताको सम्मान लागि अब घण्टी बजाउन आवश्यक भएको बताए ।घर दैलो गर्दै हिड्दा हरेक घरमा राजनीतिबाट बिचल्लित र राजनीति बितृष्णा भएका धेरै जना युवा साथी भेटेको छु । जनतालाई आर्थिक मुनाफा बनाउन धेरै कृषकले उत्पादन गरेको बस्तुले उचित मुल्य पाएको छैन ।

देशमा रोजगारी नपाउदा सबै जना बिदेश पलाएन भएका छ । जतिबेला दुख र समस्या पर्छ त्यतिबेला हरेकको घरमा घण्टी बज्ने गर्छ यो समय देशमा चरम भष्ट्राचार गरीबी अशान्ति भएको छ त्यसैले सबैलाई सचेत बनाउदै शान्तिको दियो बाल्न घण्टी बजाउदै देशै भरी चुनावी प्रचारमा हिडेको बताए ।

सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवकोटाको उम्मेदवारी किन बज्दै छ ,घरदैलोमा घण्टी

भेरी–बबई डाइभर्सनमा २२ करोडको क्षति

सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवकोटाको उम्मेदवारी किन बज्दै छ ,घरदैलोमा घण्टी

मतदान प्रक्रिया जान्न मतदाता उत्सुक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!