छिन्चु जाजरकोट सडक खण्डमा ठुला सवारीसाधन अझै चलन सकेनन्

दुर्गा विसि
सल्यान,२५असोज ।
अविरल वर्षाका कारण छिन्चु जाजरकोट सडक खण्ड छेद्वविच्छेद भएको छ ।सो सडक खण्डको पोख्रे,कुरिल्ले,सल्यानको सिस्नेपातल र सिम्ताको गुडेभिरमा सडक नै भासिदा ठुला सवारी साधन पुर्णरुपमा ठप्प छन् ।मालवाहक ट्रक,वसहरु आवागवन नहुदा खाद्यान्न लगाएतको सामग्री अभावको सृजना सुरु हुन थालिएको छ ।साना सवारी साधन समेत कस्टकरपुर्ण तवरले पार गरेको देखिन्छ ।
सल्यान यरियामा बनगाड कुविण्डे नगरपालिकाले सामान्य सडक सुचारू गरे पनि अन्य सुधार भने चुनौतीपूर्ण नै रहेको छ ।अर्को तर्फ सल्लिवजार रुकुम पश्चिम चौरजाहारि सडक खण्ड पुर्णरुपमा अवरुद्ध छ । छिन्चु जाजरकोट सडक खण्डमा भने यतिखेर स्थानीय तहले पालिकाको सह्याताबाट सानो जेसिविले पहिरो पन्छाइ रहेता पनि सडक डिभिजन रुकुम पश्चिम र सुर्खेत कार्यालयले भने कुनै चासो नदिएको देखिन्छ ।

मुख्य सडक सुचारुको लागि सडक डिभिजन कार्यालयले जेसिविको सह्याताले ठाउँ ठाउँका पहिराहरु अवरुद्ध सडक पन्छाउने काम भैरहेको जानाए पनि स्थानीय तहरुले सडक डिभिजन सडक सुचारू गर्ने कुरामा पुरै वेखबर वनेको दुखेसो पोख्ने गरेका छन् ।ठुला स्काभेटरको आवश्यता छ तर यतिखेर स्थानीय तहहरुले ठुलो पहिरो पन्छाउन र नयाँ ट्र्याक नै खोल्नुपर्ने भएकोले सडक डिभिजनको सहयोग मागिरहेका छन् ।तर यश तर्फ सडकले चासो नदिएको देखिन्छ ।
सडक डिभिजनले स्ट्यानबाइ स्काभेटर जसिवि उक्त सडक खण्डको विभिन्न क्षेत्रमा राख्नुपर्ने हो तर तेसो नभएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ रहेको छ । सडक सुचारु नहुदा आवतजावतमा कठिनाइ भएको छ ।मुख्य राजमार्गहरु ठाउँ ठाउँमा अवरुद्घ छन् ।सल्लिवजार र सुनौली वजार विच क्षेत्रमा समेत ठुला गाडीहरु आवतजावतमा कठिनाई छ । सडकमा काम गरिरहेको निर्माण कम्पनीलाई सडक सुचारुका विषयमा सम्पर्क गर्दा त्यहाँ पनि खासै चासो नदिएको दुखेसो रहेको छ ।

अविरल वर्षाका कारण मुख्य सडक देखि ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध वनेका छन् ।मुख्य सडक छिन्चु जाजरकोट सडक खण्ड सुधार नहुदा ठुला सवारीसाधन चलन कठिनाई छ ।उक्त सडक बिग्रनुमा बनगाड कुपिण्डे वडा ११ का विभिन्न स्थान र सुर्खेत गुर्भाकोट नगरपालिकाले जथाभावी सडक खण्दा यो अवस्था सृजना भएको छ ।माथिल्लो भागमा सडक खण्दा मुख्य सडकमा पहिरो,माटो सहितको लेदो आउने गरेको छ ।जसका कारण पोख्रे देखि सल्लिवजार हुदै जाजरकोट छेडाचौर सम्मको सडक पुर्णरुपमा छेदविच्छेद भएको छ ।






