चट्याङ लागेर दैलेखमा पाँच पशु चौपाय मरे
दैलेख,२६ भदौ ।
दैलेखमा चट्याङ लागेर पाँच पशु चौपाया मरेका छन । दैलेखको नौमुले गाउँपालिका ६ सल्लेरीमा हिजो वेलुकी साढे ५ बजेको समयमा स्थिानिय बलबिर सलामी मगरको एउटा भैसी र सोही ठाउँका गोरे बस्नेतको एउटा भैसी, पाडो र अनिल बुढाको एउटा गाई र एउटा गोरु गोठमा बाधेको अवस्थामा चट्याङ लागेर मरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर मानविय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ ।





