गुर्भाकोटमा सम्पन्न निशुल्क मोति बिन्दु शिबिर तथा सल्यक्रियामा ४९ जना लाभान्वित

दिलिप ढकाल
सुर्खेत, २६भदौ ।

नेपाल नेत्र ज्योति संघ एकीकृत आखा तथा कान स्वास्थ्य परिक्षण कार्यक्रमको आर्थिक सहयोग,सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर तथा गुर्भाकोट नगरपालिका को सहकार्यमा गुर्भाकोटमा नगरपालिकामा मोति बिन्दु शिबिर तथा निशुल्क सल्यक्रिया सेवा सम्पन्न भएको छ। यहि भदौ २३ गते देखि २५ गते सम्म छनोट शिबिर तथा निशुल्क सल्यक्रिया सेवा कार्यक्रम सम्पन्न भएको हो। भदौ २३ गते गुर्भाकोट नगरपालिका एक राम्रिकाडामा जम्मा ५८ जनाले चेकजाच गराएका थिए,जसमा ६ जनाको अप्रेशन गर्नको लागि र ११ जना को आखा कमजोर भएकाले थप उपचार तथा परामर्शको लागी सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुना मा रिफर गरिएको थियो।

बाकि ४१ जना लाई सोहि ठाउ वाट सामान्य औसधि र सर-सल्लाह दिएर घर पठाईएको थियो। त्यस्तै मालारनिमा जामा ७६ जनाले चेकजाच गराएका थिए,जसमा ८ जनाको अप्रेशन गर्नको लागि र आखा कमजोर भएका १५ जनालाई थप उपचार तथा परामर्शको लागी सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुना मा रिफर गरिएको थियो। बाकि ५३ जनालाई सोहि ठाउ वाट सामान्य औसधि र सर-सल्लाह दिएर घर पठाईएको थियो। सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टरमा दैनिक ओ.पि.डी मा चेकजाच गराउदा अप्रेशन गर्नु पर्नी तथा मालारानी र राम्रिकाडा बाट रिफर भएका गरि जम्मा ४९ जनाको आखाको निशुल्क सल्यक्रिया गरिएको सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानीले जानकारी दिए ।

सुर्खेत आखा अस्पताल बाट डाक्टर मनिष खतिवडाको टिमले निशुल्क सल्यक्रिया गरेको थियो। सल्यक्रिया गरेका ४९ जनालाई बिदाई गर्दै नगर प्रमुख हस्त पुन र सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुना का अध्यक्ष बिर्ख नेपालीले फलफुल वितरण गरेका थिए । साथै नगर प्रमुख पुनले अप्रेशन गरेका सबै बिरामी लाई शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त कार्यमा सहयोग गर्ने डाक्टर मनिष खतिवडाको टिमलाई बिशेष धन्यबाद ज्ञापन गरेका थिए ।

गुर्भाकोटमा सम्पन्न निशुल्क मोति बिन्दु शिबिर तथा सल्यक्रियामा ४९ जना लाभान्वित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कर्णालीले २९

चट्याङ लागेर दैलेखमा पाँच पशु चौपाय मरे

Leave a comment

Your email address will not be published. Required fields are marked *