कालिमाटी गाउपालिका ३ पुतली बजारमा संचालनमा आयो संस्कार रेस्टुरेन्ट एण्ड लज

दिलिप ढकाल
सुर्खेत, २७भदौ ।

सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ३ पुतलि बजारमा संस्कार रेस्टुरेन्ट एण्ड लज संचालनमा आयको छ। स्थानिय तिन जना युवाहरु मिलेर गाउपालिकाको केन्द्र रहेको वडा नम्बर ३ पुतलि बजारमा मा करिब बीस लाखमा रेस्टुरेन्ट एण्ड लाज संचालनमा ल्याएको संचालक दिलिप रावतले जानकारी दिए । दिलिप रावत लगाएत स्थानिय युवाहरु मिलेर रेस्टुरेन्ट संचालनमा ल्याएका हुन्। यहि भदौ २५ गते कालिमाटी गाउपालिका का अध्यक्ष दान बहादुर खत्रीले रिबन काटेर उक्त रेस्टुरेन्टको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष खत्रीले गाउमै युवाहरु मिलेर ब्यबसाय सुरु गरेकोमा खुसि ब्यक्त गर्दै युवाहरुले सुरु गरेको यस्तो कामले रोजगारीको लागि विदेशिने युवालाई गाउमै पनि केहि गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनु भएको थियो। साथै अध्यक्ष खत्रीले युवाहरुले स्वदेशमै ब्यबसाय गर्न चाहेमा पालिकाले सहुलियतमा ऋण उपलब्ध जानकारी दिनु भयो। रेस्टुरेन्टमा खाना बस्न तथा विभिन्न परिकारका नास्ताका आईटमहरु तयार गरीने संचालक रावतले जानकारी दिए ।


दाङ बाट सल्यान हुदै सुर्खेत जाजरकोट सम्म जाने तथा बिभिन्न स्थान बाट सल्यान हुदै दाङ जाने सवारी साधनमा यात्रा गरिरहेका यात्रुलाई बाटोमा रोकिएर नास्ता खान तथा बास बस्नको लागि समेत सहज हुने बिस्वास लिईएको सस्कार रेस्टुरेन्ट तथा लजका संचालक ले बताएका छन्।

चट्याङ लागेर दैलेखमा पाँच पशु चौपाय मरे

कालिमाटी गाउपालिका ३ पुतली बजारमा संचालनमा आयो संस्कार रेस्टुरेन्ट एण्ड लज

YUGAAWHAN NATIONAL DAILY (2079-05-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *