अख्तियारले लगायो मुद्दाको लर्को

सुर्खेत, २६ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका विभिन्न जिल्लाका कर्मचारीहरुलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उँपालिकाका निमित्त प्रशासकीय अधिकृत, डिभिजन वन अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका पदाधिकारीले विभिन्न आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

हुम्लाको ओदानचुली गाउँपालिका १ थलान्नादेखि कल्लेखसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गरिएको छ । ओदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

फर्जी बिल बनाएर २१ लाख ४७ हजार रुपैयाँ बढी भुक्तानी गरेको दाबी गर्दै उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ ।

यसैगरी मुगुका तत्कालिन डिभिजन वन अधिकृत भरतबहादुर बुढ्थापा, सबइञ्जिनियर गोरसिंह बडुवाल, सहायक सब इञ्जिनियर हिमालकुमार मल्लसहित अरु ३ जनाविरुद्ध पनि अख्तियारी मुद्दा दायर गरेको छ ।

छाँयानाथ रारा नगरपालिका ७ टोप्ला गाउँमा आ.व. २०७६–०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन पदमार्ग निर्माणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । यसैगरी जिल्ला कृषि विकास कार्यालय, कालीकोटका तत्कालीन प्राविधिक सहायक एवं हाल गुठीचौर गाउँपालिका जुम्लाका अधिकृत रत्नप्रसाद पाण्डेविरुद्धपनि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

आ.व. २०७०/०७१ मा जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा फर्जी बिल बनाई तीन लाख ८८ हजार सात सय रुपैयाँको भ्रष्टाचार गरेका अख्तियारले जनाएको छ ।
यस्तै कालीकोटका तत्कालीन लापा कार्यक्रम संयोजक कमलप्रसाद खनालविरुद्ध गैरकानूनी लाभ तथा हानी र्पुयाई भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरिएको छ ।

कालिकोटकै अल्लो­भाँगो प्रशोधन केन्द्र, मान्म–८ ताडी कालीकोटको भवन निर्माण उपभोक्ता समितिका अध्यक्षसहित तीन जना नन्दप्रसाद पाण्डे, सचिव र कोषाध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

मान्म–८ ताडीमा अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा रकम हिनामिना गरेको भन्दै समितिका अध्यक्षसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अध्यक्ष पाण्डेसंगै, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे)ले दुई लाख ५१ हजार पाँच सय २९ रुपैयाँको झुट्टा बिल बनाए रकम हिनामीना गरेको अख्तियारको ठहर गरेको छ ।

अख्तियारले लगायो मुद्दाको लर्को

सुर्खेतमा गठबन्धनको पल्ला भारी, एमालेलाई यामलालले तार्लान

अख्तियारले लगायो मुद्दाको लर्को

घुमफिर : सरर मोटरसाइकलमा दुनै–फोक्सुन्डो ताल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!