अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको

दिपेन्द्र शर्मा
जाजरकोट २८ जेठ
शुक्रबार बिहान ६ बजे ईलाका प्रहरि कार्यालय वडावन जाजरकोट बाट प्रहरी नायब निरक्षक देव बहादुर गुरुङ्गको कमाण्डमा ४ जनाको प्रहरी टोलीले अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ ।
जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १२ काँडा तर्फ बस्तुस्थिति बुझ्नको लागि ग्रामिण गस्ती गर्दै जाने क्रममा वडा नं. ५ चंखेला स्थित ओग्ले अम्रही पाखा जंगलको बाटो नजिकै रहेको झाडिमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे अवस्थामा रहेको १ नाल भरुवा बन्दुक फेला परेको हो ।
कानुन बमोजिम बरामद गरी ईलाका प्रहरी कार्यालय वडावन जाजरकोटमा ल्याईएको र थप अनुसन्धान कार्य भईरहेको जिल्ला जाजरकोट प्र.ना.नि देव बहादुर गुरुङ ले जानकारि दिएका छन् ।






