यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडैं २८ जेठ ।

मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।

आज पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

यस्तै महशाखाले आज दिनभर प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमा शनिबार दिउँसो ः प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन ,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती ः प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो ः प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति ः प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।

प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सोमबार दिउँसो ः प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति ः प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।

प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
स्रोत ः सेतोपाटी

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

मुगुमा पुग्दैन औषधि, झारफुकको भरमा बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *