भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं २८ जेठ ।
काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेटमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएलगत्तै स्थानीयमा हल्लाखल्ला भएको थियो। भक्तपुरलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का उपत्यका आसपासका जिल्लामा पनि महसुस भएको थियो ।
स्रोत ः सेतोपाटी






