सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्यूनिकरणका लागी टाईम कार्ड वितरण

दिपेन्द्र शर्मा
जाजरकोट २७ जेठ ।

जाजरकोटको भेरी नगरपालिका वडा नं ४ बसपार्क स्थित शान्तिचौतारामा सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्यूनिकरणका लागी टाईम कार्ड वितरण गरि कार्यन्वयनमा ल्याईएको छ ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको संयुक्त आयोजनामा भएको हो ।

“सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्यूनिकरण’’ सम्बन्धी जाजरकोट डोल्पा सडक खण्डमा चल्ने सम्पुर्ण सार्वजनिक सवारी साधनहरुलाई दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जाजरकोट खलंगा देखी मटेला, कुदु हुदै छेडाचौर सम्मका लागी २०७९ जेठ २७ गते बाट लागु हुने गरी टाईम कार्ड वितरण गरि कार्यन्वयनमा ल्याईएको जिल्ला जाजरकोट प्रहरी कार्यालय ले जनाएको छ ।

सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्यूनिकरणका लागी टाईम कार्ड वितरण

मूल्यवृद्धि करिब ८ प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *